Home » » ‘हिन्दु राष्ट्र’ र ‘ओली’ को बहिगर्मन नभई नाकाबन्दी नखुल्ने

‘हिन्दु राष्ट्र’ र ‘ओली’ को बहिगर्मन नभई नाकाबन्दी नखुल्ने

काठमाडौं । पछिल्ला केहीदिनदेखि भारतले
नाकाबन्दी खोल्नेबारे चलेको हल्ला केबल
‘हल्ला’ मात्रै रहेको भनाई भारतीय मामला
सम्बन्त्री केही कुटनीतिज्ञहरुले बताउन थालेका
छन् ।
भारत मधेश आन्दोलनको पक्षका बारेमा
भन्दापनि भारतलाई ठाडै चूनौति दिएका
प्रधानमन्त्री केपी शर्मा ओलीको बहिगर्मन र
संविधान संशोधनमार्फत ‘धर्म निरपेक्षता’को
ठाउँमा ‘हिन्दु राष्ट्र’ नलेखिएसम्म भारतले
नाकाबन्दी नखोल्ने स्रोतले बतायो ।
केही दिनअघि भारत भ्रमणमा गएका नेपालका
परराष्ट्रमन्त्री कमल थापाको भ्रमणका क्रममा
भारतीय विदेशमन्त्री सुस्मा स्वराजले
नाकाबन्दी खोल्नेबारे सकारात्मक कुरा
गरेपनि यो भारतीय चाल मात्रै रहेको
भारतीय दुतावासका अधिकारीसँग नजिक
रहेका एक व्यावसायिले बताए ।
भारतलाई अहिले नेपालका नेताहरुको खिल्ली
उडाउनु र ‘हामीले नभनी’ केहीपनि हुन्न भन्ने
पनि सन्देश दिनु छ । उनी भन्छन् – ‘हिन्दु राष्ट्र’
र ‘ओलीको बहिगर्मन’ बिना भारतले
नाकाबन्दी खोल्ने भन्ने कुरा कोरा कल्पना
मात्रै हो ।
उसो त भारतीय पक्षले नेपाली नेताहरुसँग
ओलीको विकल्पमा खुलेआम कुरा गर्न
थालेसकेका छन् । भारतीय दुतावास स्रोतका
अनुसार भारत अहिले नेपाली नेताहरुलाई
धम्क्याउने, तर्साउने, फकाउने र लोभलालचा
दिने जस्तै सबै हथकण्डा अपनाईरहेको छ ।
ओली सरकारको विकल्प र सरकारमा प्रचण्ड/
ओलीको गठबन्धन टुटाउनु नै अहिले भारतको
पहिलो रणनीति हो । अहिले भारतले
चलाएको हल्ला नेपाली नेताहरुलाई बदनाम
बनाउने नियतबाट आएको छ । स्रोत भन्छ –
नाकाबन्दी खुल्दै छैन र भारत खुलाउन
चाहिरहेको छैन ।
तर भारत केहीदिन नाकाहरुको आपूर्ति सहज
गर्ने र त्यसपछि पून बन्द गर्ने योजनामा छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved