Home » » वैद्यतिर आँखा लाउँदै प्रचण्डले भने, ‘साम्राज्यवादको चंगुलमा परेर पार्टी फुट्यो’

वैद्यतिर आँखा लाउँदै प्रचण्डले भने, ‘साम्राज्यवादको चंगुलमा परेर पार्टी फुट्यो’


काठमाडौं २८ मंसिर ।  एमाओवादी
अध्यक्ष प्रचण्डले साम्राज्वादीहरुको चंगुलमा परेर वरिष्ठ
नेताहरुले पार्टी फुटाएको आरोप लगाएका छन् ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष
मोहन वैद्यतिर आखाँ लगाउँदै भने, ‘एमाओवादी फुटाउनेहरु
साम्राज्यवादीहरुको चंगुलमा परेको संकेत मलाई थाहा छ ।
एमाओवादी विभाजन गराएर कम्युनिष्ट शत्तिः क्षीण
गराउने दाउपेच कसैले नगरे हुन्छ ।’
पुराना कम्युनिष्ट नेता खगुलाल गुरुङको सम्मानमा
आयोजित कार्यक्रममा एमाओवादी विभाजन केकति
कारणले भएको छ भन्ने प्रश्न गर्दै प्रचण्डले भने, ‘हाम्रो
विभाजन आपसी मतभेद, सम्बन्धको खाडलबाट मात्र हो वा
निकै ठूलो साम्राज्यवादी शक्तिको सुनियोजित
षड्यन्त्रबाट पनि भएको हो भन्ने सोच्न जरुरी छ ।’ उनले
दसवर्षे जनयुद्धबाट नेपालीको मन जित्दै आएको
एमाओवादीलाई छियाछिया पार्न साम्राज्वादी शक्ति लागिपरेको र त्यसैको कारण माओवादी विभाजन भएको बताएको आजको
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved