Home » , » शरीरको बोसो पगाल्न करिष्माको सुझाव

शरीरको बोसो पगाल्न करिष्माको सुझाव


अभिनेत्री करिष्मा मानन्धर शनिबार धरानमा देखा परिन् । तर यहाँ कुनै फिल्मी कार्यक्रम थिएन । करिष्मा धरानेहरुलाई
सौन्दर्य टिप्स बताइरहेकी थिईन् ।
धरानका डाक्टर, प्रहरी अधिकृत र स्थानीय महिलाहरु माँझ आफूले दैनिक २ घण्टा शारीरिक अभ्यास गर्ने गरेको बताउँदै
सौन्दर्य टिप्स दिएकी करिष्माले व्यस्त दैनिकी भएका शहरिया महिलालाई शरिरको बोसो पगालेर तौल घटाउन सुझाव
दिइन् । उनले भनिन्-‘खानेकुरा धेरै नखानुस्, दिउँसो सुप खानुस् अनी विहान हल्का एक्सरसाईज गर्नुहोस् ।’
पूर्वमा पहिलो पटक धरानमा सुरु भएको विना शारीरिक परिश्रम बोसो घटाउने कोरियन प्रविधिको ‘धरान हेल्दी
होम’को उद्घाटन कार्यक्रममा ब्रान्ड एम्ब्यासडरका रुपमा धरान आइपुगेकी करिष्माले शहरियाहरुलाई यसले फाईदा गर्ने र
आफुले पनि चार वर्षदेखि त्यसैका फाईदा लिइरहेको बताईन् ।
अनौपचारिक रुपमा २ महिना अघिदेखि नै सञ्चालन भइरहेको धरान हेल्दी होम नाकाबन्दी र बन्द, हड्तालका कारणले
औपचारिक सुरुवात गर्न ढिलाई भएको निर्देशक सुपि्रया माँझी बनेपालीले बताईन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved