'मिथिला संस्कृतिमाथि अतक्रिमण भएको गुनासो'
४ पुस, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी पूजा
अर्चना गर्दा अशुद्ध भएको भन्दै जानकी मन्दिर
च्योख्याउने मधेसी मोर्चाका कार्यकर्ताले नै
मन्दिरको गर्भ गृहमा रहेको चाँदीको ढोकामा
लात्तीले हानेर तोडफोड गरेको खुलासा भएको छ ।
यस्तो कार्य मिथिला संस्कृतिमाथिको आक्रमण
भएको मन्दिरका महन्थ तथा पूजारीहरुले बताएका छन् ।
विवाह महोत्सवको अबसरमा राष्ट्रपति विद्या
भण्डारी जानकी मन्दिर गएकी थिइन् । मधेसी
मोर्चाको विरोधका बीच गएकी भण्डारीका निजी
अंगरक्षक तथा सुरक्षाकर्मीहरु जुत्ता लगाएरै मन्दिरभित्र
प्रवेश गरेका थिए ।
तर, राष्ट्रपति भण्डारी फर्किएपछि
आन्दोलनकारीहरुले मन्दिरमा तोडफोड गर्नुका साथै
पुजारीलाई समेत कुटपिट गरेको पुजारीले बताएका छन् ।
उनीहरुले मन्दिरको गर्भ गृह -मूर्ति राखिएको पवित्र
स्थान)सम्म जुत्ता लगाएर जानुका साथै चाँदीको
ढोकामा लात्तीले हानेका थिए ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्दिरका
पूजारी मनोज झाले आन्दोलनकारीहरु सुशील मल्लिक,
रामचन्द्र लगायतको नाम दिँदै भने-उनीहरुले मेन गेटमा
(चाँदीको) मा लात हाने ।’
जानकी मन्दिरमा जाने सर्वसाधारणले बाहिरी
घेराबाटै पूजा अर्चना गर्छन् । भीआइपीहरुले मात्र त्यो
गर्भ गृह नजिक पुग्न पाउँछन् । र, चाँदीको ढोकामा
ढोग्ने गरिन्छ ।
तर, आन्दोलनकारीले त्यहाँ जुत्ता लगाएर जानुका साथै
लात्ताले हान्नेसम्मको काम गरेको पुजारीले
जानकारी दिए । हातमा कालो झण्डा लिएर पुगेका
आन्दोलनकारीले आफूलाई कुटपिट समेत गरेको उनले बताए
।
राष्ट्रपति फर्किएको भोलिपल्ट तीनै
आन्दोलनकारीले मन्दिरमा अशुद्ध भएको भन्दै गंगाजल
छर्किएर मन्दिर च्योख्याए । राष्ट्रपति भण्डारी
विधवा भएकाले उनले टेक्दा अशुद्ध भएकाले
च्योख्याइएको उनीहरुको तर्क थियो ।
मिथिला संस्कृतिमाथिकै आक्रमण
पत्रकार सम्मेलनमा जानकी मन्दिरका महन्थ रामतपेश्वर
दास वैष्णवले मन्दिरभित्र भएको घटनालाई मिथिला
संस्कृतिमाथिकै आक्रमण भनेका छन् । उनले भने-ढुंगामुढा
गर्नु, पेट्रोल बम हान्नु दुःखपूर्ण कुरा हो र यो सबैले
बिचार गर्नुपर्छ, यसको घोर भत्सना गर्नुपर्छ ।’
Home »
Nepali News
» मन्दिर चोख्याउने मोर्चा
कार्यकर्ताले नै मन्दिर
अपवित्र पारेः पुजारी
मन्दिर चोख्याउने मोर्चा कार्यकर्ताले नै मन्दिर अपवित्र पारेः पुजारी
Posted by Unknown
Posted on 6:08 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment