Home » » यी हुन् पुरुषलाई बाँझो बनाउने खतरनाक चिजहरु

यी हुन् पुरुषलाई बाँझो बनाउने खतरनाक चिजहरु


के तपाइँले निकै कसिलो पेन्टी लगाउनुहुन्छ ? चाउमिन खाँदा सोयाको सस बढि नै खानुहुन्छ अनि काखमा ल्यापटप
राखेर लामै समय चलाउनुहुन्छ ? खबरदार, यदि यसो गरिरहनुभएको छ भने तपाइँले थाहा नपाइकनै आफ्नो पुरुषत्व कमजोर
बनाइरहनु भएको छ । किनकी यी वस्तुहरुले तपाइँको शुक्रकिट नष्ट गरिरहेका हुन्छन् ।
एक अध्ययन अनुसार विश्वमा हरेक ५ मा एक जना पुरुषमा विर्यमा शुक्रकिटको मात्रा कम हुने समस्या देखिन थालेको छ ।
एक मिलिमिटर विर्यमा डेढ करोड भन्दा कम शुक्रकिट हुनुलाई शुक्रकिटको कमी अर्थात् लो स्पर्म काउन्ट भनिन्छ । त्यस्तै
हरेक ६ मध्ये एक जना दम्पत्तिमा चाहेको बेला गर्भाधारण नै नहुने समस्या देखिन थालेको छ, जसको मुख्य कारण पर्याप्त
शुक्रकिटको अभाव तथा शुक्रकिटको गुणस्तर पनि कमजोर हुनु रहेको शोधकर्ताहरुले बताउँछन् ।
सुपरड्रगले गरेको अध्ययनका क्रममा विर्यमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा गिरावट ल्याउनमा जिम्मेवार विभिन्न
पक्षहरुको खुलासा भएको छ ।
अध्ययन अनुसार विकिरण, नार्कोटिक ड्रग तथा तनावका कारण पनि शुक्रकिटमा गिरावट आउँदछ । त्यस्तै बढि गर्मी
वातावरणका साथै आवश्यकता भन्दा बढि व्यायाम र बढि मोटोपना हुने पुरुषमा पनि शुक्रकिटको संख्या कम हुने
समस्या देखा पर्ने गरेको छ ।
अध्ययन अनुसार बढि कसिलो अण्डरवेयर लगाउने पुरुषमा शुक्रकिटको उत्पादन निकै कम हुने गरेको पाइएको छ । अध्ययनका
क्रममा १ सय २० दिनसम्म अत्यन्तै कसिलो पेन्टी लगाउने पुरुषमा शुक्रकिटको संख्या शत प्रतिशत सम्म घटेको पाइएको छ ।
बढि कसिलो पेन्टीले अण्डकोषको तापक्रम बढाउने र त्यसबाट शुक्रकिटको उत्पादन घट्ने बताइउको छ । यसलाई टेस्टीकुलर
हाइपरथर्मिया भनिन्छ ।
चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ ।
मोटोपना बढ्दै जाँदा शुक्रकिटको संख्या घट्दै जाने देखिएको छ । मोटोपनाको मापक मानिने बडी मास इन्डेक्स २४
भन्दा बढि हुँदा २२ प्रतिशत शुक्रकिटको संख्यामा गिरावट आउँछ । बढि दुब्लो हुनुपनि पुरुषत्वको हिसाबले राम्रो होइन
। बिएमआइ १८.६ भन्दा कम हुनेहरुमा विर्य तथा शुक्रकिटकै उत्पादन ८.६ प्रतिशत कम हुने अध्ययनले देखाएको छ । बढि दुव्लो
मानिसको अण्डकोषले उत्पादन गर्ने शुक्रकिटको गति तथा गुणस्तर समेत कमजोर हुने पाइएको छ ।
धुमपान तथा मध्यपान पनि शुक्रकिटका लागि हानिकारक हुने देखिएको छ । चुरोट सेवनले शुक्रकिटको डिएनएमा असर
गर्ने र डिएनए मा उत्परिवर्तन भएर बच्चा नै विकृत हुने जोखिम हुन्छ । अल्कोहल सेवनले पनि शुक्रकिटको संख्या घटाउनुका
साथै स्वस्थ तथा सामान्य सुक्रकिटको प्रतिशतमा गिरावट ल्याइदिन्छ ।
सनस्क्रिनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको
उत्पादनलाई सुस्त बनाइदिन्छ ।
पानी तर्किने तथा अन्य चिज समेत नटाँसिने परफ्लुरो केमिकल्स मिसाइएका ताप्के, प्यान तथा कराइ जस्ता घरायासी
सामानको प्रयोगका कारण पनि शुक्रकिटमा असर पर्ने देखिएको छ ।
घामबाट छालालाई बचाउन दलिने सनस्क्रिन क्रिम पनि शुक्रकिटको सत्रु हुने देखिएको छ । सनस्क्रिनको प्रयोगले
सुक्रकिटको संख्यामा ३३ प्रतिशत सम्म कमी आउने देखिएको छ । सनस्क्रिनमा हुने अक्टिनोक्जेट रसायनले हर्मोनको
मात्रामा गडबडी ल्याइदिन्छ भने अक्जीबेन्जोनले शुक्रकिटको उत्पादनलाई सुस्त बनाइदिन्छ ।
लामो समयसम्म सम्भोग नगर्नु वा हस्तमैथुन नगर्नु पनि पुरुषत्वको लागि हानिकारक नै देखिएको छ । बच्चा जन्माउने
योजना बनाइरहेका दम्पतीहरुले राम्रो शुक्रकिट जम्मा गर्न भन्दै लामो समयसम्म सम्भोग नै नगर्ने र केही समयपछि मात्र
सम्भोग गरेर राम्रो र ठूलो परिमाणको विर्यमार्फत गर्भाधारण गर्ने सोँच बनाएका हुन्छन् र सोही बमोजिम काम पनि
गर्छन् । तर यसो गर्नु राम्रो मानिँदैन । लामो समयसम्म सम्भोग नगर्नु वा स्खलित नहुनु पुरुषको शुक्रकिटको संख्या र गुणस्तर
वृद्धिको हिसाबले नकारात्मक ठहर्छ ।
साउना, जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इलेक्ट्रिक ब्लान्केटका साथै जिउ बढि तताउने उपकरणको
नियमित प्रयोगले शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ ।
स्वस्थ पुरुषमा ११ देखि १४ दिनसम्म सम्भोग नगर्दा राम्रो गतिका शुक्रकिटको संख्या ११.७ प्रतिशतले गिरावट आउँछ भने
सामान्य शुक्रकिटको संख्यामा २४.७ प्रतिशतले गिरावट आउँछ । त्यसैले गर्भाधारण गर्ने तयारी गरिरहेका दम्पतीहरुले
नियमित रुपमै सम्भोग गर्नुपर्छ र १० दिनभन्दा बढि समयसम्म सम्भोग रोकेर एकैचोटी सम्भोग गरेर गर्भाधारण गर्नु स्वस्थकर
हुँदैन ।
पाइन्टको गोजीमा मोबाइल फोन बोक्नाले मोबाइल विकिरणको कारणबाट शुक्रकिटमा असर पर्दछ । तापका साथै
इलेक्ट्रोम्याग्नेटिक विकिरणका कारणले शुक्रकिटको गतिमा ८.१ र बाँच्ने सम्भावनामा ९.१ प्रतिशतले गिरावट आउँछ ।
त्यस्तै साउना, जाकुजी जस्ता तातो बाफ लिने क्रियाकलाप, इलेक्ट्रिक ब्लान्केटका साथै जिउ बढि तताउने
उपकरणको नियमित प्रयोगले पनि शुक्रकिटको संख्यामा गिरावट ल्याउँदछ । ससेज जस्तो प्रोसेस्ड मिटका साथै बढि
भटमास मिश्रित साकाहारी भोजन पनि शुक्रकिटका लागि हानिकारक मानिन्छ । एक्सरे, केमोथेरापी तथा कतिपय
एन्टीबायोटिक, काखमा ल्यापटप राखेर चलाउनु, बढि व्यायाम गर्नु, ज्वरो, अण्डकोषको नशा मोटो हुनु, यौनरोग,
तथा कतिपय औद्योगिक रसायन, धातुजन्य पदार्थ र विषादीले पनि पुरुषमा शुक्रकिटको मात्रा तथा गुणस्तरमा कमी
ल्याउने र बाँझोपन निम्त्याउने जोखिम रहेको अध्ययनले देखाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved