१८ मंसिर, पोखरा । नेपालीहरुबीच सामाजिक
सदभावको सन्देश फैलाउने उद्देश्यले पोखरा अखिलका
विद्यार्थीहरु वीरगञ्ज पुगेर मधेसी समुदायका
युवाहरुसँग मितेरी सम्बन्ध गासेका छन् । पहाड र
तराईबीच देखिएको दुरी कम गर्न भन्दै अनेरास्ववियु
भूगोल जिल्ला कमिटी कास्कीको टोलीले
वीरगञ्जका लोकतान्त्रिक मधेशी संगठनमा आबद्ध
नेता-कार्यकर्तासँग मितेरी सम्बन्ध गाँसेका हुन् ।
भारतको नाकाबन्दी, मधेसी आन्दोलनसँगै देशमा
सिर्जना भएको असहज परिस्थितिका कारण सदभाव
बिगि्रँदै गएको भन्दै मितेरी साइनो गाँस्ने निर्णय गरेर
अनेरास्ववियु टोली वीरगञ्ज गएको हो ।
शुक्रबार विहान एक कार्यक्रम गरी कमिटीका
कास्की अध्यक्ष शेखर गौतमले लोकतान्त्रिक मधेसी
संगठन पर्साका अध्यक्ष सुन्दर कुर्मीसँग मित लगाए ।
गौतमसँगै पोखराबाट गएका कमिटीका सचिव अमृत
ढकाल, पोखरा विश्वविद्यालय कमिटीका जिल्ला
इन्चार्ज लक्ष्मीनारायण न्यौपाने, कास्की क्षेत्र
नम्बर ४ का इन्चार्ज माधव गौतम, पूर्व जिल्ला सदस्य
सुजन बानिया, जिल्ला कमिटी सदस्य राजेन्द्र
अधिकारी, उपेन्द्र गिरी लगायतले पनि मधेसी
संगठनका फरक-फरक कार्यकर्तासँग मित लगाएको
गौतमले जानकारी दिए ।
मित लगाउँदा मधेसी संगठनका कार्यकर्ताहरुलाई
राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपी दिए
भने मधेसी संगठनकाले मधेसी पहिरन दिएका थिए ।
मितेरी सम्बन्ध गाँस्ने कार्यक्रममा अनेरास्ववियुका
कार्यकर्ताहरुले नाकाबन्दीले पोखरासहित देशका
विभिन्न ठाउँमा परेको असरबारे जानकारी गराएका
थिए । आफूहरुले नाकाबन्दी तत्काल रोक्न आग्रहसमेत
गरेको गौतमले बताए ।
मधेसी संगठनका नेता-कार्यकर्ताले भने आफूहरु
राजनीतिक कार्यकर्ता भएको कारणले मात्रै
नाकाबन्दी जस्तो अमानवीय कार्य गर्न बाध्य भएको
बताएका थिए । उनीहरुले जहाँ बसेपनि, जुन भाषा
बोलेपनि र जस्तो पहिरन लगाए पनि नेपाली हामी
एक हौं भन्दै सदभाव कायम राख्नुपर्ने बताएको गौतमले
जानकारी दिए ।
Home »
Nepali News
» वीरगञ्जका मधेसी र पोखराका पहाडे युवाले
लगाए मित
वीरगञ्जका मधेसी र पोखराका पहाडे युवाले लगाए मित
Posted by Unknown
Posted on 2:51 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment