Home » » धुर्मुस हेर्न भन्दै प्रचण्ड हिँडेपछि एमाओवादी बैठक रोकियो

धुर्मुस हेर्न भन्दै प्रचण्ड हिँडेपछि एमाओवादी बैठक रोकियो

१८ मंसिर, काठमाडौं । सीताराम कट्टेल धुर्मुस
लगायतका कलाकारको अभिनय रहेको चलचित्र हेर्न
निम्तो आएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले
शुक्रबार केन्द्रीय समितिको बैठक वीचैमा स्थगन गरेका
छन् ।
दीपकराज गिरीले बनाएको ‘छ एकान छ’ चलचित्र हेर्न
प्रचण्ड बैठक रोकेर बीग सिनेमातर्फ लागेका छन् ।
शुक्रबार प्रचण्डलगायतका अन्य नेताहरु पनि ‘छ एकान
छ’ हेर्न हलमा पुगेका छन् ।

उर्मिलाले भनिन्- एमालेमा झिँगा मारेर बसेकी थिइँन

यसैवीच एमालेबाट एमाओवादीमा प्रवेश गरेकी नेतृ
उर्मिला अर्यालले पार्टीभित्र आफू र आफूजस्तै
एमालेबाट आएका नेताहरुप्रति राम्रो व्यवहार नहुने
गरेको गुनासो पोखेकी छिन् ।
शुक्रबारको बैठकमा प्रचण्डको प्रतिवेदनमाथि
टिप्पणी गर्ने क्रममा नेतृ अर्यालले एमालेमा हुँदा
झाँगा मारेर नबसेको तर यो पार्टीमा आउँदा
व्यवहार अर्कै हुने गरेको गुनासो पोखिन् ।
शुक्रबार बैठकमा बोल्दै कृषिमन्त्री हरिबोल गजुरेलले
मोहन वैद्य पार्टीबाट हट्दा संविधान बनेको र अब
बाबुराम भट्टराई अटेपछि पार्टी राम्रो बन्ने
बताएका थिए ।
बैठकमा अर्का वक्ता राम कार्कीले भने बाबुरामको
आलोचना गरिरहँदा अनावश्यक टिप्पणी गर्न नहुने
स्पष्ट पारे । बाबुरामको आलोचना वा विरोध गर्दा
भोलि यहीँ आएर उभिएका बेला आँखा जुधाउन सकिने
ठाउँ राखेर मात्रै आलोचना गरिनुपर्ने कार्कीले बताए

शुक्रबारको बैठकमा वनमन्त्रीसमेत रहेका अग्नि
सापकोटा, जनार्दनशर्मा प्रभाकर, डिलाराम
आचार्य र चन्द्रदेव खनाल वलदेवले पनि प्रचण्डको
प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।
बैठक चल्दाचल्दै प्रचण्डले धुर्मुसको फिल्म हेर्न जानै पर्ने
भयो, के गरौं भनेपछि नेताहरुले बैठक स्थगन गर्न सुझाव
दिएका थिए ।
छ एकान छ हेरिसकेपछि ५ बजे प्रचण्ड बादुवाटारमा
मधेसी मोर्चासँगको वार्तामा सहभागी हुने
कार्यक्रम छ ।
चार दिनदेखि चलिरहेको एमाओवादी बैठकमा सदस्यहरु
प्रचण्डको प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रम शनिबार
फेरि बस्ने बताइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved