Home » » नाकाबन्दी खुल्ने संकेत देखियो : सन्चारमन्त्री

नाकाबन्दी खुल्ने संकेत देखियो : सन्चारमन्त्री



भोजपुर, मंसिर १८ । सूचना तथा सन्चार प्रविधिमन्त्री शेरधन राईले
‘अघोषित नाकाबन्दी केही दिनमै हट्ने’ दाबी गरेका छन् ।
शुक्रबार गृहजिल्ला भोजपुर आइपुगेका मन्त्री राईले ‘भारतको
नाकाबन्दी खुल्ने सकारात्मक संकेतहरु देखिएको’ बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले ‘तराई–मधेसमा
आन्दोलनरत् दलहरुसँग
बसेर वार्ता र संवादबाट निकास खोज्ने प्रयासमा सरकार रहेको’
बताए ।
समस्या समाधानका लागि सरकार लचिलो बनेको भन्दै उनले
‘संवादबाटै निकास निकाल्नुको विकल्प छैन’–भने ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved