Home » » नाकामा आउनै छाडे मोर्चाका कार्यकर्ता, सहज बन्यो नेपालगन्ज नाका

नाकामा आउनै छाडे मोर्चाका कार्यकर्ता, सहज बन्यो नेपालगन्ज नाका

नेपालगन्ज, २६ मंसिर । नेपालगन्ज नाकाबाट शनिबार
२७ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् ।
इलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी सहायक
निरीक्षक हरि बहादुर गुरुङ्गका अनुसार विहीबार २०
ट्यांकर डिजल ४ ट्यांकर हवाई इन्धन र ३ बुलेट खाना
पकाउने एलपी ग्यास नेपालगन्ज नाका भएर नेपाल
भित्रिएका छन् ।
यो समाचार तयार पार्दासम्म ७७ वटा अन्य
मालबाहक गाडी पनि नेपाल भित्रिएको गुरुङ्गले
जानकारी दिए । गोन्डाबाट डिजल लिएर शुक्रबार
राती र शनिबार विहान रुपईडिहा आइपुगेका २१
वटा ट्यांकर मध्ये २० वटा शनिबार नै नेपाल
भित्रिएका हुन् ।
डिजल बोकेको एउटा ट्यांकर विग्रिएकोले
रुपइडिहामा रहेको प्रहरीले जनाएको छ । ‘अहिले
पनि अन्य बालबाहक गाडी आउने क्रम जारी रहेपनि
इन्धनका गाडी आउने सम्भाबना न्यून छ,’ प्रहरी
सहायक निरीक्षक गुरुङ्गले भने ।
विहीबारदेखि यो नाका सहज भएको हो ।
अहिलेसम्म नाकामा मधेसी मोर्चाका कार्यकर्ता
देखिएका छैनन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved