Home » » मन्त्रिपरिषद बैठकः मोर्चाका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गर्न गृहलाई निर्देशन

मन्त्रिपरिषद बैठकः मोर्चाका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गर्न गृहलाई निर्देशन


काठमाडौं, १७ मंसिर । सरकारले आन्दोलनरत संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाका नेता
कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने
निर्णय गरेको छ ।
विहीबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले
आन्दोलनका क्रममा क्षति भएका निजी
सम्पत्तिको क्षतिपूर्ति दिन र औचित्यका
आधारमा मुद्धा फिर्ता लिन गृह मन्त्रालयलाई
निर्देशन दिएको हो ।
बैठकले मधेसी मोर्चासँगको वार्तालाई निर्णायक
तहमा पुर्याउन पहल गर्ने निर्णय पनि गरेको छ ।
परराष्ट्रमन्त्री कमल थापा भारतबाट फर्किएलगत्तै
मन्त्रिपरिषद बैठक बसेको हो ।
यसैगरी सरकारले चीनसँग जोडिएको नाका
रसुवागढी पुग्ने सडक स्तरोन्नतिको जिम्मा
नेपाली सेनालाई दिने निर्णय गरेको छ ।
रसुवागढी पुग्ने सडकलाई दुई वर्षभित्र दुई लेनको
बनाउने निर्णयसँगै धादिङको गल्छीदेखि
रसुवागढीसम्मको ८२ किलोमिटर सडक
स्तरोन्नतिको जिम्मा सेनालाई दिइएको हो ।
बैठकमा आज मात्रै भारत भ्रमणबाट स्वदेश फर्किएका
उपप्रधानमन्त्रीे कमल थापाले आफ्नो भ्रमणका
क्रममा भएको वार्ता र छलफलबारे जानकारी
गराउनुभएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री
शेरधन राईले बताए । सरकारले भारतलाई अघोषित
नाकाबन्दी अन्त्य गर्न र आपूर्ति व्यवस्थालाई सहज
बनाउनका लागि आग्रह गरेकामा त्यसबारे भारतसँग
सकारात्मक कुराकानी भएको कुरा
परराष्ट्रमन्त्री थापाले मन्त्रिपरिषद् बैठकमा
जानकारी गराएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved