Home » » अख्तियारले लगायो कान्तिपुरमाथि गम्भीर आरोप

अख्तियारले लगायो कान्तिपुरमाथि गम्भीर आरोप


मंसिर १५
काठमाडौं– अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले कान्तिपुर
पब्लिकेशनमाथि गम्भीर आरोप लगाएको छ
। अख्तियारले आज एक प्रस विज्ञप्ती
जारी गर्दै कान्तिपुरले पीत पत्रकारिता
गर्दै आएको आरोप लगाएको हो ।
‘स्वभावतस् मर्यादित र व्यवसायिक
पत्रकारिता प्रति आयोगको उच्च सम्मान
रहि आएको छ । पत्रकारिता क्षेत्र संगको
सहकार्यलाई आयोगले सर्वथा उच्च
प्राथमिकता दिदै आएको छ । तर पीत
पत्रकारिता आयोगका निम्ति कदाचित
ग्राह्य छैन र आयोग कान्तिपुर प्रवृतिको
पीत पत्रकारिताको सर्वथा भर्त्सना गर्दछ
। आयोग विरुद्ध झुठ र भ्रममा आधारित
कान्तिपुरको सिलसिलेवार शव्दाक्रमण के
व्यवसायिक पत्रकारिता हो ? के कलम र
छापा मञ्चको दम्भका आधारमा असत्यलाई
वलात सत्यापित गर्ने प्रयत्न आफैमा अपराध
होईन ? कान्तिपुरका यि सवै हर्कतलाई
आयोगले सदा आफ्नो स्मृतिमा राखेको छ
’, अख्तियारको विज्ञप्तीमा भनिएको छ

अख्तियारको कार्याधिकार, सम्वैधानिक
एवं कानूनी दायित्व र जनता प्रतिको
जिम्मेवारी वारे आयोग नेतृत्व जानकार
रहेको भन्दै विज्ञप्तीमा आफ्नो
व्यवसायिक मर्यादा र आचार प्रति
कान्तिपुसर चिन्तित र सचेत पर्ने समेत
विज्ञप्तीमा उल्लेख छ ।
अब कान्तिपुुुुरको कुनै पनि समाचारको
खण्डन नगर्ने भन्दै विज्ञप्तीमा भनिएको छ,
‘ कन्तिपुरको सिलसिलेवार शव्दाक्रमण
विरुद्धको आयोगको यो अन्तिम खण्डन हो
। दैनिक र नियोजित ढंगवाट यस
छापामाध्यमले प्रकाशमा ल्याउने
काल्पनिक समाचार र विचारको निरन्तर
खण्डन–मण्डनमा समय खर्चन संभव छैन । ’
कान्तिपुरले पूर्वग्राही ढंगले अख्तियार र
अख्तियार प्रमुखलाई लक्षित गरेर निरन्तर
भ्रामक समाचार लेख्दै आएको
अख्तियारको दाबी छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved