वैवाहिक सम्बन्धको ठ्याक्कै एक वर्ष पुग्दासम्म
मानिसहरु आफ्नो पार्टनरसँगको यौन जिवनका कारण
सबैभन्दा खुसी हुन्छन् । तर त्यसपछि भनेे त्यो खुसीको
तहमा विस्तारै गिरावट आउने गर्छ । एक अध्ययन
अनुसार सम्बन्धको एक वर्षपछि जोडीहरुमा
सेक्सप्रतिको रुची, धैर्यता तथा सम्भोग कार्यको
दरमा गिरावट आउँदछ ।
शोधकर्ताहरुले २५ देखि ४१ वर्ष उमेरका ३ हजार जना
मानिसमा विभिन्न अवसरमा उनीहरुको यौन
जिवनलाई सूचिकृत गर्न लगाएर यस्तो निष्कर्ष
निकालेका हुन् ।
मानिसहरु आफ्नो पार्टनरसँगको यौन सम्बन्ध कायम
भएको ठ्याक्कै एक वर्ष बित्दासम्म यौन जिवनलाई
लिएर सबैभन्दा उच्चतम सन्तुष्टि तथा खुसीको तहमा
पुग्दछन् ।
म्युनिखस्थित लडविग म्याक्सिमिलियन
विश्वविद्यालयकी शोधकर्ता क्लाउडिया
समिडबर्गका अनुसार बच्चा हुनुले दम्पतीको यौन
सन्तुष्टिमा खासै भूमिका खेल्दैन । तर यौन सम्पर्कको
दरमा भने बच्चाको उपस्थिति र उमेरले उल्लेख्य फरक
पार्ने उनी बताउँछिन् ।
तर बच्चा भन्दा पनि श्रीमान श्रीमतीबीच हुने
झैझगडा तथा मनमुटाबले यौन सम्बन्धमा सबैभन्दा ठूलो
प्रभाव पार्ने शोधकर्ताको ठहर छ । उनका अनुसार
बढि झगडालु दम्पतीहरुको सेक्सको दर तथा सन्तुष्टि
पनि कम हुँदैजान्छ ।
शोधकर्ता भन्छिन्ः यदि सन्तुष्ट यौनजिवन चाहनुहुन्छ
भने आपसी झगडालाई स्थगित गर्नुस्।
एक वर्षपछि किन घट्छ सहवासको सन्तुष्टि र दर ?
Posted by Unknown
Posted on 9:33 PM
with No comments
Labels:
Health
0 comments:
Post a Comment