Home » » सात पेट्रोल पम्पको बिक्री वितरण रोक्का

सात पेट्रोल पम्पको बिक्री वितरण रोक्का


१९ मंसिर । काभ्रेपलाञ्चोकमा उपकरण जडान गरी
उपभोक्ता ठगी गर्ने पेट्रोल पम्पको सङ्ख्या सात
पुगेको छ ।
अनुगमनको क्रममा पछिल्लो समय भकुण्डेमा रहेको
पशुपति आयल स्टोरमा मिटर नै नघुमेको पाइएपछि
उपभोक्ता ठगी गर्ने पम्पको सङ्ख्या सात पुगेको र
उनीहरु सबैको बिक्री वितरण रोक्का भएको नेपाल
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक
विश्वबाबु पुडासैनीले जानकारी दिए ।
उनका अनुसार काभ्रेपलाञ्चोकमा रहेका पेट्रोल
पम्पको थप अनुसन्धान गर्न नेपाल गुणस्तर तथा नापतौल
विभागको क्षेत्रीय कार्यालय, हेटाैँडालाई
जिम्मेवारी तोकिएको छ ।
केही दिनमा नै परिणाम आउन सक्छ उनले भने । विभागले
सिलबन्दी गरी बिक्री वितरण रोक्का गरेको पम्पमा
बनेपाको उग्रचण्डी आयल स्र्टोस, माता उग्रचण्डी
आयल स्र्टोस, पाँचखालको पाँचखाल आयल स्टोर,
माता पलाञ्चोक फ्युल सेन्टर, पनौती जय अम्बे र
जनागालको नारायण आयल स्टोर रहेका छन् ।
यता पम्पको ठगी प्रकरणले काभ्रेपलाञ्चोकमा आउने
तेलको परिणाममा कटौती भएको छ ।
दैनिक ३५ देखि ४० हजार लिटर डिजेल आएको
जिल्लामा अहिले दैनिक १२ हजारदेखि १८ हजार
लिटरसम्म डिजेल आएको पेट्रोलियम डिलर्स
एसोसियसन काभ्रेपलाञ्चोकका उपाध्यक्ष अमुल
तौजलेले जानकारी दिए ।
कारबाहीमा परेका पम्पलाई आउने तेल अन्य पम्पलाई
दिन नमिल्ने भएका कारण पम्पमा तेल कटौती भएको
तौजलेले बताए । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved