काठमाडौं। ३ पुस । चीनबाट इन्धन ल्याउने
सम्झौताका नाममा सरकारी कर्मचारीले ब्रम्हलुट
मच्चाएका छन् ।
चीनबाट इन्धन ल्याउने र बंगलादेशमा सम्भाव्यता
अध्ययन गर्ने नाममा साढे ३१ लाख भन्दा बढी रकम
खर्च भइरहेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको
छ । तर, उपलब्धी भने शून्य रहेको छ ।
चीनबाट इन्धन ल्याउने भन्दै हालसम्म तीनवटा
सरकारी टोली चीन पुगे पनि उपलब्धी भने केही
भएको छैन ।
यसैगरी एक पटक सरकारी टोलीले बंगलादेश पनि भ्रमण
गरेका छन् ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्रै अहिले चीन
पुगेर फर्किएको टोलीको आलोचना हुन थालेको छ ।
बिहीबार मन्त्रालयमा तिनै टोलीप्रति ब्यङ्ग्य गर्दै
केही कर्मचारीले भन्दै थिए, ‘तेल ल्याउने नाममा चीन
केही कर्मचारीको लागि ससुराली बनेको छ,
राज्यको ढुकुटी वज्यर्थैमा खर्च भएको हिसाब कसले
गर्ने ?’
Home »
Nepali News
» चीनबाट इन्धन ल्याउने बहानामा कर्मचारीले ३१ लाख
झ्वाम पारेको खुलासा
चीनबाट इन्धन ल्याउने बहानामा कर्मचारीले ३१ लाख झ्वाम पारेको खुलासा
Posted by Unknown
Posted on 5:22 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment