विज्ञहरुका अनुसार बदलिँदो जिवनशैली, तनावको बढ्दो
पारो तथा भोजनको असन्तुलनका कारण विश्वमा
मानिसहरुको यौन क्षमतामा गिरावट आइरहेको छ । यौन
सम्बन्धि अपेक्षा बढ्नु तथा क्षमता घट्नुले मानिसमा झन
तनाव थप्दैछ । मानिसहरुले आफ्नो यौन क्षमता बढाउन
विभिन्न खाले उपायहरु अपनाउने समेत गरेका छन् । कतिपयले
प्राकृतिक तवरले यौनशक्तिमा वृद्धि गर्ने काइदा खोज्छन् त
कतिले चिकित्सा विज्ञानको सहारा समेत लिन्छन् । तर
ब्राजिलमा एउटा यस्तो घटनाको खुलासा भएको छ जहाँ
निकै डरलाग्दो तथा अनौठो तरिकालाई यौन क्षमता
बढाउने काममा प्रयोग गर्ने ग
रिएको छ । त्यहाँ कुनै जडीबुटी वा औषधि खाएर होइन एक
माकुरालाई आफ्नो जिउमा टोकाएर यौन क्षमता बढाउने
प्रचलन रहेको छ । निकै विषालु रहेको भनिएको एक
प्रजातिको माकुरालाई जिउमा टोकाएपछि त्यसको
विषले ठूलो प्रभाव पार्ने र त्यसपछि मानिसमा उत्पन्न हुने
यौन उत्तेजना लामो समयसम्म रहिरहने विश्वास
मानिसहरुको रहेको छ । त्यसकारण वैज्ञानिकहरु आखिर त्यो माकुराको विषमा के त्यस्तो रसायन छ जसको कारण मानिसमा यौन
उत्तेजना लामो समयसम्म रहिरहन्छ रु भन्ने कुराको अनुसन्धानमा जुटिरहेका छन् । यो अनुसन्धानमा सफलता मिलेमा यसले यौन जगतमा
क्रान्ति ल्याउने कतिपयको भनाइ छ ।
ब्राजिलियन वांडरिङ स्पाइडर को नामले चिनिने उक्त माकुराको विषले मानिसलाई एकातर्फ लठ्ठाउँछ भने अर्कोतर्फ यौन उत्तेजना पैदा
गर्छ । अमेरिकाको साइकोलोजिकल सोसाइटीको वाषिर्क बैठकमा शोधकर्ताहरुले यो माकुराको विषका विषयमा गरेको प्रारम्भिक
अध्ययनको रिपोर्ट प्रस्तुत गरेका छन् । जर्जिया मेडिकल कलेजका शोधकर्ताहरुले यो माकुराको विषलाई मुसामा सुइमार्फत दिएर हेर्दा भाले
मुसामा यौन उत्तेजना बढाएको पाइयो । उक्त विश्वमा करोडौँ पुरुषहरु यौन उत्तेजनाको समस्याबाट पीडित रहेको अवस्थामा यो
माकुराको विषलाई औषधि बनाएर प्रयोग गर्न सकिएमा त्यसले ठूलो तहल्का मच्चाउन सक्ने अनुमान गरिएको छ । एजेन्सी
यौन क्षमता बढाउने काममा माकुरालाई प्रयोग
Posted by Unknown
Posted on 9:36 PM
with No comments
Labels:
Health
0 comments:
Post a Comment