काठमाडौं, १६ पुस । महानगरीय प्रहरी अपराध
महाशाखा र महानगरीय प्रहरी परिसर टेकुले
गुण्डागर्दीमा संलग्न नाइकेहरुलाई निगरानीमा
राखिरहेका बेला डन मिलन गुरुङ ‘चक्रे’ भने
खुलमखुला हिंडिरहेका छन् ।
मंगलबार उनी दरबारमार्ग प्रहरी चौकीसँगै रहेको
नाइकको शोरुममा दलबलसहित पुगेको समाचार
यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । चक्रेले
त्यहाँ आधा घण्टा विताएर फर्केका थिए ।
झण्डै एक दर्जन गुण्डासहित चक्रे नाइकको शोरुमबाट
फर्कदा बटुवाहरु उनलाई हेरिरहेका थिए । चक्रेको
आधार क्षेत्र महाराजगञ्ज भए पनि अर्का डन दीपक
मनाङ्गेको क्षेत्र मानिने दरबारमार्गमा रवाफ
देखाउन उनी त्यहाँ पुगेको स्रोत बताउँछ ।
डन कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरीको इन्काउन्टरमा
मारिएपछि राजधानीका डनहरु मात्र होइन टोले
गुण्डाहरुको समेत भागाभाग भएको थियो । घैंटे
मारिएकै दिन चक्रेले कुरिनटारमा रहेको एक
रिसोर्टबाट ‘फिलिङ रिफ्रेस’भन्दै फेसबुकमा
तस्वीर अपलोड गरेका थिए ।
गुण्डागर्दीमा नामुद मानिने चक्रे अन्य डनहरुको
तुलनामा काठमाडौंमै बसेर आफ्नो राज
चलाइरहेका छन् । यतिसम्मकी चक्रेका ड्राइभर समेत
उनको रवाफ देखाउँदै हिड्छन् ।
चक्रेका प्रतिस्पर्धी मनाङ्गे भित्रभित्रै असुली
धन्दाका साथसाथै कहिले मनाङ त कहिले रसुवा र
खासाको बोडर तातोपानीमा बसेर व्यापार
व्यवसाय गरिरहेका छन् ।
त्यस्तै गणेश लामा काठमाडौंमै गुमनाम बसिरहेका
छन् । काभ्रेली समूहका उमेश लामा, विष्णु लामा,
दावा लामा भने यतिखेर मनाङ्गेको छत्रछायाँमा
हिंडिरहेका छन् ।
Home »
Nepali News
» डन मनाङ्गेको क्षेत्रमा अर्का
डन चक्रे देखिएपछि……….
डन मनाङ्गेको क्षेत्रमा अर्का डन चक्रे देखिएपछि……….
Posted by Unknown
Posted on 8:57 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment