Home » » बलिउडबाट किन टाढिँदै छिन् प्रियंका चोपडा ?

बलिउडबाट किन टाढिँदै छिन् प्रियंका चोपडा ?


अभिनेत्री प्रियंका चोपडाले
बलिउडका फिल्म मन लगाउन छाडेकी
छिन् । उनले नयाँ हिन्दी फिल्ममा
‘साइन’ नगरेको पनि थुप्रै भइसकेको छ ।
उनको अब रिलिज हुन बाँकी एउटा मात्रै
फिल्म छ– जय गंगाजल ।
यसको सुटिङ केही महिनाअघि नै
सकिसकेको छ । अचेल उनी खाली छिन् ।
अफर आएका फिल्मप्रति पनि उनले लगाब
दिन छाडेको बलिउडकर्मीको दाबी छ
। आखिर के चाहन्छिन् त प्रियंका ? के
उनी बलिउडबाट अघाएकी हुन् त ? अचेल
उनका बारेमा यस्तै चर्चा सुनिन्छ ।
खासमा हलिउडका फिल्मबाट अफर आउन
थालेपछि बलिउडतिर ध्यान कम दिएको
आरोप उनलाई लाग्न थालेको छ ।
पछिल्लो समय उनले हलिउडको टिभी
सो क्वान्टिकोमा अभिनय गरेकी छिन्
। त्यसपछि नै उनले हिन्दी फिल्मतिर
ध्यान लगाउन छोडेकी हुन् । उनलाई
हलिउडका फिल्मबाट अफर आएका छन्, तर
मुख्य भूमिका भने पाएकी छैनन् । तर, उनी
ती महत्त्वहीन रोलहरूप्रति खुसी छैनन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved