Home » » को–को परे नेपालको राष्ट्रिय फुटबल टिममा ?

को–को परे नेपालको राष्ट्रिय फुटबल टिममा ?


काठमाडौं – विंगर नवीन लामा र
गोलकिपर अमृत चौधरी पहिलोपल्ट
नेपाली राष्ट्रिय फुटबल टिममा परेका
छन् । यी दुईसहित मुख्य प्रशिक्षक
प्याट्रिक ओसेम्सले साफ
च्याम्पियनसिपका लागि २०
खेलाडीको आइतबार टुंगो लगाएका छन्

कप्तान सागर थापा र उपकप्तान
सन्दीप राई खेल मिलेमतो गरेको
आरोपमा पक्राउ परेपछि बाहिरिएका
थिए । दोस्रो चरणमा छनोट भएका २७
खेलाडीमध्ये भरत खवास, देवेन्द्र तामाङ
र शिव श्रेष्ठ चोटका कारण टिमबाट हटे

टिमको गोलकिपरमा किरण चेम्जोङ,
विकेश कुथु र अमृत चौधरी छनोट भएका
छन् । विराज महर्जन, रविन श्रेष्ठ,
जितेन्द्र कार्की, अनन्त तामाङ,
रञ्जित धिमाल र आदित्य चौधरी
डिफेन्समा छानिए । मिडफिन्डरका
रुपमा भने रोहित चन्द, जगजित श्रेष्ठ,
हेमन गुरुङ, विक्रम लामा, विशाल राई,
योगेश गुरुङ र नवीन लामाले खेल्नेछन् ।
फरवार्डमा अनील गुरुङ, विमल घर्तीमगर,
नवयुग श्रेष्ठ र अञ्जन विष्ट छनोटमा
परेका छन् । आजको कान्तिपुर दैनिकमा
खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved