Home » » मधेस आन्दोलनको समर्थनमा काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

मधेस आन्दोलनको समर्थनमा काठमाडौंमा प्रदर्शन (फोटो फिचर)


२७ मंसिर, काठमाडौं । मधेस आन्दोलनको समर्थनमा
नयाँ शक्ति निर्माण अभियानसहितले राजधानीमा
विरोध प्रदर्शन गरेका छन् ।
नयाँ शक्ति निर्माण अभियान, मधेसी
मोर्चासहितको संघीय गठवन्धन र आदिवासी
जनजाति राष्ट्रिय आन्दोलनले संयुक्त रुपमा विरोध
सभा गरेका हुन् ।
विरोधसभा अघि भद्रकाली र शान्तिबाटिकाबाट
र्याली निकालिएको थियो ।
र्यालीमा जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष
पद्मरत्न तुलाधर, नागरिक समाजका डा. सुन्दरमणि
दिक्षित, नयाँ शक्तिका रामकुमार शर्मा, गंगा श्रेष्ठ
लगायत सहभागी थिए ।
नयाँ शक्ति निर्माण अभियानमा संलग्नहरु भने सतो
क्यापसहित र्यालीमा सहभागी भएका थिए ।
नयाँ शक्ति निर्माण अभियानका नेता रामकुमार
शर्माले अनलाइनखबरसँग भने-‘मधेस आन्दोलनलाई
सम्बोधन गर्नुपर्यो र तराई मधेस, काठमाडौं सहितका
जनता संकटमा छन् । कालोबजारी बढेको छ । यो
समस्या समाधान गर्न दबाव दिन नागरिक विरोध
सभा गरेका हौं ।’

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved