Home » » सशस्त्रका महानिरीक्षक राईले आजदेखि कार्यभार सम्हाले

सशस्त्रका महानिरीक्षक राईले आजदेखि कार्यभार सम्हाले

काठमाडौं, ५ पुस । गृहसचिव नारायणगोपाल मलेगोलेसशस्त्र प्रहरी बलको महानिरीक्षकमा कायम मुकायममुकरर भएका दुर्जकुमार राईलाई दर्ज्यानी चिन्हप्रदान गर्नुभएको छ ।राईलाई मन्त्रिपरिषदको पुस ३ गतेको निर्णयलेसशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती गरेकोथियो । महानिरीक्षक राईले आजै पदवाहलीगर्नुभएको छ ।पदोन्नतीपछि महानिरीक्षक राईले राष्ट्र र आमनागरिकको सेवा र सुरक्षामा पेशागतइमान्दारिताका साथ कर्तव्यनिष्ट रहि सशस्त्रप्रहरी बलको तर्फबाट जनताले प्रत्यक्ष महसुस गर्ने गरीसुरक्षाको प्रत्याभुति दिलाउन दत्तचित्त रहनेप्रतिवद्धता व्यक्त गर्नुभएको छ ।महानिरीक्षक राईले इतिहासका कठिन घडीहरुमाराष्ट्रले सुम्पिएको दायित्व जिम्मेवारीपूर्ण ढंगलेनिर्वाह गर्दै संगठनलाई आजको उचाइँसम्म ल्याईपुगाउन पूर्वज नेतृत्ववर्ग तथा सम्पूर्ण राष्ट्रसेवककोसामूहिक प्रयास रहेको चर्चा गर्नुहुँदै उनीहरूको त्याग,बलिदान एवं राष्ट्र प्रेमलाई अझै उचाइमा पुगाउनप्रयास गर्ने बताउनुभयो ।महानिरीक्षक राई २०४३ साल फागुन ३ गते नेपालप्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गर्नुभई २०५८ साल वैशाख ४ गते सशस्त्र प्रहरी बलमास्थानान्तरण हुनुभएको हो ।त्रिभुवन विश्वविद्यालयबाट एमए गर्नुभएकामहानिरीक्षक राईले विभिन्न व्यावशायीकतालिम हासिल गर्नुका साथै विभिन्न १४ वटामानपदवी, अलंकार र पदकबाट सुशोभित हुनुभएको छ ।उहाँले कार्यक्षेत्रमा उत्कृष्ट कार्य गरेवापत दुई पटक ग्रेडथप तथा दुई पटक नगद पुरस्कार र प्रशंसापत्रहरु प्राप्तगर्नुभएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved