–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई
पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।
–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले
कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि
कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै
छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।
–दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा
कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय
त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ ।
–घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या
समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा
घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले
छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ ।
–बदामलाई रातभरि भिजाउने र बिहान उठी
यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर
बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका
दाग बिस्तारै हराउँदै जान्छन् ।
–आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग
भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले
धुने गर्नाले दाग हराउँदै जान्छ ।
–आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा
दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको
दाग हराउँछ ।
–बेसारमा काँचो दूध र कागतीको रस मिसाई
दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी
मनतातो पानीले पखाल्नुपर्छ ।
–पाकेको मेवाको भित्री भागलाई अनुहारमा
दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग
हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ
।
–प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको
ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक
चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई
अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग
हराउँदै जान्छ ।
–भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र
२० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
–ओखरलाई कुटेर त्यसमा दही र केही थोपा
बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा
लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।
–तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र
गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले
छालाको तेललाई नियन्त्रण गर्छ ।
–हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस्
। यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा
जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ ।
–केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका
दागहरू हटाउन मद्दत गर्छ ।
–गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले
डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा
चमक पनि आउँछ ।
–गोलभेँडा, कागती र महको प्याक लगाउनाले
अनुहार चम्किलो हुन्छ ।
–घामले डढेर कालो भएको छालामा काँचो दूधले
मसाज गर्दा फाइदा हुन्छ ।
–खैरो चिनी, कागती र नरिवलको तेल मिसाई
मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ ।
–काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज
वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक
आउँछ ।
—एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक
चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज
गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ ।
(स्वास्थ्य खबरपत्रिकाबाट)
Home »
Nepali News
» अनुहारको दाग हटाउने २० वटा
तरिका ..
अनुहारको दाग हटाउने २० वटा तरिका ..
Posted by Unknown
Posted on 8:37 AM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment