Home » » नेपालमा पहिलो पटक नीजि कम्पनीले इन्धन ल्यायो, निगमले ल्याएको भन्दा ६ रुपैयाँ सस्तो पर्ने

नेपालमा पहिलो पटक नीजि कम्पनीले इन्धन ल्यायो, निगमले ल्याएको भन्दा ६ रुपैयाँ सस्तो पर्ने


काठमाडौं– नीजि कम्पनीले नेपालमा
पहिलोपटक ईन्धन भित्राएको छ ।
पेट्रोलिमेक्स नामक नीजि कम्पनीले
पहिलोपटक हवाईजहाज मार्फत हवाई
ईन्धन ल्याएको हो ।
नेपाल आयल निगमसंग दँशै अगाडी ईन्धन
आपूर्तिका लागि ठेक्का लिएको उक्त
कम्पनीले बिहीबार दिउँसो हवाई
ईन्धन ल्याएको कम्पनीले जनाएको छ ।
पेट्रोलिमेक्सले जोडर्न एयरलाइन्सको
बोइङ ७६७ वाइडबडी बिमान चार्टंर
गरी भारतको लखनउ स्थित ईण्डियन
आयल कर्पोरेनको डिपोबाट ४२ हजार
लिटर हवाई ईन्धन ल्याएको जनाएको छ
। विभान बोकेको ईन्धन दिउँसो ४ बजेर
३ मिनेट जाँदा त्रिभुवन अन्तराष्ट्रिय
विभानस्थलमा अवतरण गरेको थियो ।
प्लेनले विमानस्थलनमा अवतरण गर्ने
अनुमति नपाउँदा करिब आधा घण्टा
आकाशमा नै घुमेको कम्पनीले जनाएको
छ ।
पहिलोपटक एउटा सानो
विमानमार्फत हवाई ईन्धन ल्याएको
कम्पनीले भोलीदेखि भने दुईवटा
विमानमार्फत ईन्धन ल्याउने जनाएको
छ । ‘भोलीदेखि एक खेपमा १ लाख ३०
हजार लिटरका दरले दैनिक ६ लाख
लिटर बढी ईन्धन ल्याउने योजना छ ।’
कम्पनीका सञ्चालक सिवाङ्गी
राणाले बताईन् ।
यसअघि नेपाल वायुसेवा निगमले एयर
लिफ्ट गरेर नेपालमा तेल भित्र्याएको
थियो । बायूसेवाले प्रतिलिटर १ सय
८६ रुपैयाँमा ईन्धन भित्र्याएको थियो
। तर पेट्रोलिमेक्सले भने प्रतिलिटर १ सय
८० रुपैयाँ पर्ने जनाएको छ । यो ईन्धन
यसअघि नै तेल भित्र्याउन खोजे पनि
कागजी प्रक्रिया लम्बिएको कारण
ढिलाइ भएको कम्पनीका कानुनी
सल्लाहकार सुर्य बिमलीले बताए ।
ठेक्का पाएको लामो समय भइसक्दा
पनि कम्पनीले तेल नल्याएको भन्दै
आलोचना समेत भएको थियो । आयल
निगमका कार्यकारी निर्देशक
गोपालबहादुर खड्कालेले प्रक्रिया
मिचेर कार्यसम्पादन धरौटी समेत
नराखी पेट्रोलिमेक्सलाई हवाइ
इन्धनको ठेक्का दिएका थिए ।
निगमले ६ हजार केएल ईन्धन ल्याउन
पेट्रोलिमेक्ससंग सम्झौता गरेको छ । तर
आफूहरुले देशलाई संकट परेको बेला
आवस्यक मात्रामा हवाई ईन्धन ल्याउने
विमलीले बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved