Home » » सुरक्षित यौनसम्पर्कका लागि ध्यान दिनुपर्ने कुराहरु जानी राखौं

सुरक्षित यौनसम्पर्कका लागि ध्यान दिनुपर्ने कुराहरु जानी राखौं


हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त
गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि
पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने
गरेका हुन्छन् । पर्याप्त सल्लाह र सीपको अभावका कारण कुरा बिग्रने गर्दछ । सानो गल्ती र कमजोरीले
पनि जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुरा
निम्न छन् ।कन्डम प्रयोग गर्नु विशेषगरी नवविवाहित दम्पती पहिलो यौनसम्पर्कलाई लिएर निकै
उत्साहित हुने गर्छन्, जसकारण उनीहरूले धेरै कुरा ख्याल गर्दैनन् ।
अधिकांश जोडी जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसकारण बिहे
गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई पश्चात्ताप हुन्छ ।
नक्कलदेखि सावधान इन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र साइटको बिगबिगी ।
अचेलका युवायुवतीले स्कुल-कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ । जसमा अप्राकृतिक यौनसम्पर्क
पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको वेलामा आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस
कहिल्यै पनि गर्नुहँुदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ ।
यौन एउटा कला हो, त्यसकारण पहिलो यौनसम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो
पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ । अधिकांश युवक पहिलोपटक
यौनसम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै
स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानिको आगोमा जलाउँछ
। त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञहरू भन्छन् कि पुरुषको दाँजोमा
उत्तेजनामा आउन महिलालाई धेरै समय लाग्छ ।
त्यसकारण सम्पर्क गर्नुअघि पुरुषले फोर-प्ले (प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा
ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु बेस हुन्छ । पत्नीको भावना बुझ्नु कतिपय पत्नी पतिका अगाडि खुलेर
कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन चाहँदैनन् । जसकारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर,
पतिले पत्नी यौनसम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि
हेर्नुहँुदैन । पत्नीसँग सल्लाह गरेर अघि बढ्नुपर्छ । पति-पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन
असन्तुष्टि हो, त्यही भएर पहिलो यौनसम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ ।
जनचेतनाका लागि साभार गरियको ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved