Home » » वैज्ञानिकले थाले हिन्द महासागरको तल्लो सतह छेड्न

वैज्ञानिकले थाले हिन्द महासागरको तल्लो सतह छेड्न

काठमाडौं, मंसिर २१ । वैज्ञानिकले समुन्द्रको
तल्लो सतहको अध्ययनका लागि नमूना लिन
चट्टानलाई छेड्न थालेका छन् ।
यसका लागि बेलायतका वैज्ञानिकले हिन्द
महासागरको तल्लो सतहमा छेड्न सुरु गरेका हुन्
। पृथ्वीको सतहको तल्लो भागमा जाने
उद्देश्यले वैज्ञानिकले हिन्द महासागरको
तल्लो भागबाट छेड्न सुरु गरेका हुन् ।
वैज्ञानिकहरु पृथ्वीको भित्रिभाग
मेन्टलबाट चट्टानको नमूना लिन चाहन्छन् ।
यो चट्टानको नमूनाले पृथ्वीको बनावटका
बारेमा सही जानकारी प्राप्त हुने अपेक्षा
उनीहरुको छ ।
पृथ्वीको बनावटका बारेमा रहँदै आएका
विभिन्न मान्यताको जाँच गर्न मेन्टलबाट
लिइने चट्टानको नमूना प्रभावकारी हुने
वैज्ञानिकले बताएका छन् ।
यस अघि पनि धेरै पटक पृथ्वीको भित्रि
सतहमा पुग्न ड्रिल गर्ने प्रयास गरिए पनि ती
सबै प्रयास असफल भएका थिए ।
समुद्रको तल्लो सतहबाट पाँच किलोमिटरसम्म
छेड्न निकै कठिन रहेको र यसमा अहिलेसम्म कुनै
प्रविधिले पनि काम गर्न सकेको छैन ।
(एजेन्सी)

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved