इटहरी, १३ मङ्सीर । गृहमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आज सुनसरी
जिल्लाको इटहरीस्थित बराह बाहिनी मुख्यालय पकलीमा क्षेत्रीय सुरक्षा
बैठक सुरु भएको छ ।
बैठकमा समग्र तथा पूर्वी नेपालको सुरक्षा अवस्था एवम् वस्तुस्थितिका विषयमा
बृहत् छलफल र भविष्यमा अपनाउनुपर्ने सुरक्षा सावधानीका विषयमा छलफल हुने
बताइएको छ ।
सुरक्षासम्बन्धी बैठकमा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगु, नेपाल
प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी
महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप
रेग्मी लगायतको सहभागिता छ ।
बैठकमा पछिल्लो समयमा अघोषित नाकाबन्दीले पारेको प्रभाव तथा मधेस
आन्दोलनले नेपाली जनजीवनमा पुगेको असहज परिस्थिति लगायत विषयमा
जिल्लागत प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको बताइएको छ । रास
Home »
Nepali News
» इटहरीमा क्षेत्रीय सुरक्षा बैठक सुरु, मधेस
आन्दोलनबारे गृहमन्त्रीले कडा निर्देशन दिने
इटहरीमा क्षेत्रीय सुरक्षा बैठक सुरु, मधेस आन्दोलनबारे गृहमन्त्रीले कडा निर्देशन दिने
Posted by Unknown
Posted on 2:55 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment