बोस्टन – अमेरिकाको बोस्टन म्याराथनमा भएको बम हमालाका दौरान बाँचेका एक युवतीको दु्बईमा कार दुर्घटनामा परेर निधन भएको छ । २०१३ मा बम हमालामा परेकी भिक्टोरिया म्याकग्रेथको व्यक्तिगत भ्रमणका क्रममा दुबईमा कार दुर्घटनामा मृत्यु भएको हो । उनीसँगै अर्की विद्यार्थी प्रिससिल्ला पेरेज टोरेजको पनि मृत्यु भएको छ ।
‘भिक्टोरिया र प्रिससिल्ला निकै असल थिए । उनीहरु हाम्रो समूदायका मायालू सदस्य हुन् ।’– नर्थइस्र्टन यूनिर्भसिटीका अध्यक्ष जोसेफ ओउनले विज्ञप्तीमा भनेका छन् ।
बोस्टन म्यानथनको फिनिस लाइन नजिकै बम बिस्फोट हुदाँ ३ वर्षअघि म्याकग्राथ घाइते भएकी थिइन् । आक्रमणका कारण उनको खुट्टामा थुप्रै चोट लागेको थियो । घटनामा कम्तिमा २ सय ६४ घाइते भएका थिए भने ३ जनाको ज्यान गएको थियो । त्यतिबेला म्याकग्रेथलाई उद्धार गर्ने उद्धारकर्मीहरुले उनको निधनको खबरपछि दु:ख लागेको बताएका छन् ।
‘बोस्टन म्याराथनपछि भिक्टोरिया मेरो जीवनको महत्वपूर्ण पाटो बनेकी थिइन् । उनी मेरो परिवारका लागि समेत महत्वपूर्ण थिइन् । धेरैले मैले भिक्टोरियाको जीवन बचाए भन्छन् । तर खासमा बम बिस्फोटपछि भिक्टोरियाले मेरो जीवन बचाएकी थिइन् । उनको माया, समर्थन र मित्रताले गर्दा म र मेरो परिवारलाई निकै खुसी मिलेको थियो ।’– म्याकग्रेथलाई २०१३ मा बिस्फोट नलगत्तै जोगाएर मेडिकल टेन्टसम्म लैजाने जिम्मी प्लोउड्रोले भनेका छन् ।
म्याकग्रेथले विजनेश एडमिनिस्ट्रेशन र अकाउन्टिङकी विद्यार्थी थिइन् । उनी र उनकी साथी पेरेज अर्को वर्ष ग्य्राजूएट हुदैँ थिए । Ratopati बाट
Home »
international news
» बोस्टन बम हमालामा बाँचेकी युवतीको कार दुर्घटनामा निधन
बोस्टन बम हमालामा बाँचेकी युवतीको कार दुर्घटनामा निधन
Posted by Unknown
Posted on 6:44 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment