दाङ, फागुन २५ – दाङ रुपाकोटमा धामीले तातोपानी खन्याइदिएपछि जलेर एक बृद्धा गम्भीर घाइते हुनुभएको छ । प्यारालाइसिस निको पार्ने भन्दै धामीले तातोपानी खन्याइदिएपछि ६० वर्षीया थुमसरा बिक गम्भीर घाइते हुनुभएको हो ।
हाँसीपुर गाविस–१ रुपाकोट बस्ने ६० वर्षकी बिकलाई दाङकै कोइलाबास बस्ने धामी कमल क्षेत्रीले उम्लिएको पानी खन्याइदिएको परिवारले जनाएको छ ।
गम्भीर घाइते भएकी बिकलाई राप्ती उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा लगिएकाे परिवारले जनाएको छ । आर्थिक अभावका कारण उपचारका लागी ढिलो ल्याएको परिवारले जनाएको छ । धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ । Ujyaaloonline बाट
धामीले उपचार गर्ने भन्दै एक बृद्धालाई तातोपानी खन्याइदिए
Posted by Unknown
Posted on 6:51 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment