Home » » अन्ततः देउवा पक्षले संस्थापनलाई पेलेरै छाड्यो, अदालत जाने चेतावनी

अन्ततः देउवा पक्षले संस्थापनलाई पेलेरै छाड्यो, अदालत जाने चेतावनी


काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति लागि जारी मतदान सकिएको छ ।
निर्वाचन समितिका अनुसार ३ हजार १४७ मत खसेको छ । तर, यो मतसंख्या पुरै प्रतिनिधिको भने होइन् । यसमा ३० जना प्रतिनिधिले मत खसाल्न पाएनन् ।
सभापति सुशील कोइरालाले गत साउनमा मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनिधिले मतदान नपाएका हुन् ।
सभापति पदका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला मैदानमा उत्रिएका छन् । मतदान गर्न वञ्चित सबै(३० जना) प्रतिनिधी संस्थापन पक्षका हुन् ।
स्रोतका अनुसार देउवा पक्षले १२औँ महाधिवेशन सकिएको एक वर्षभित्रमा मनोनयन नभएकाले मतदान गर्न नपाउने भन्दै मतदान गर्न दिएनन् । देउवा पक्षले पेलेरै संस्थापनका ३० महासमिति सदस्यलाई पेलेरै मतदान गर्न रोकेका हुन् ।
यो विषयमा अहिले पनि विवाद जारी छ । संस्थापनले मत हाल्न पाउनुपर्ने माग राखेको छ भने देउवा पक्षले कुनै हालतमा मतदान गर्न नपाउने अडान राखेको छ ।
देउवा पक्षबाट पेलिएपछि संस्थापनका नेता एवं कांग्रेस पार्टी प्रवक्ता दिलेन्द्र प्रसाद बडूले मतदान गर्न नपाए अदालत जाने चेतावनी दिए । सञ्चारकमीसँग उनले भने-हामी चुप लागेर बस्दैनौं । न्यायिक लडाइँमा अदालतसम्म जान्छौं ।
सभापतिको मतगणना राति १० बजेबाट पार्टी कार्यालयमा सुरु हुँदैछ ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved