फागुन २३
तेहरान – भ्रष्टाचारको आरोप लागेका इरानका एक अर्बपति व्यापारीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बबाक जनजानी नाम गरेका ती व्यापारीलाई अर्बौं रकम भ्रष्टाचार गरेको आरोपमा मृत्युदण्ड सुनाइएको बिबिसीले जनाएको छ ।
तेल बेचेर विभिन्न कम्पनीबाट जनजानीले अनाधिकृत रुपमा अर्बौं रकम कमाएको आरोपमा उनलाई सन् २०१३ को डिसेम्बरमा पक्राउ गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै अदालतका प्रवक्ताले जनजानी आर्थिक अनियमिततामा दोषी पाइएको जानकारी दिए । उनीसँगै अन्य दुई जनालाई पनि मृत्युदण्डको सजाय सुनाउनुका साथै सबैलाई भ्रष्टाचारको रकम फिर्ता गर्न आदेश सुनाइएको छ ।
इरानकै धनी व्यक्तिहरुमा गनिने जनजानीलाई तेलमा प्रतिबन्ध लागेको बेला त्यसलाई छल्न इरानलाई सहयोग गरेको आरोपमा अमेरिका र युरोपियन युनियनले समेत कालोसूचीमा राखेको थियो । उनले युएई, टर्की र मलेसियामा रहेको वेभ कम्पनीको माध्यमबाट करोडौं ब्यारेल तेल बेच्ने गरेका थिए ।
पक्राउ पर्नुअघि उनले १.२ बिलियन डलर सरकारलाई तिर्नुपर्ने रहेको तर कालोसूचीमा रहेका कारण पैसा दिन नसकिरहेको बताएका थिए ।
जनजानीको सम्पत्ति १३.५ बिलियन डलर बराबर रहेको बताइन्छ ।Ratopati बाट
Home »
international news
» इरानका अर्बपतिलाई मृत्युदण्डको सजाय
इरानका अर्बपतिलाई मृत्युदण्डको सजाय
Posted by Unknown
Posted on 4:33 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment