Home » » एकैदिनमा ४० लाख वटा बिकेको फोन

एकैदिनमा ४० लाख वटा बिकेको फोन


चिनियाँ स्मार्टफोन कम्पनी श्याओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन एमआई ५ को विक्री सुरु गरेको छ।
सुरु गरिए लगत्तै ४० लाख मोबाइल विक्री भइसकेको र १.६ करोड मोबाइल खरिदका लागि रजिस्ट्रेसन भएको कम्पनीले जनाएको छ। श्याओमीको यो पहिलो स्मार्टफोन हो जसमा फिजिकल होम बटनका साथ फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ।
फोनको विशेषता भनेको यसमा दिइएको स्न्यापड्र्यागन ८२० प्रोसेसर हो। एमआई ५ को स्ट्यान्डर्ड ३ जीबी एलपीडीडी ४ र्याम र ३२ जीबी इन्टरनल मेमोरी दिइएको छ, त्यस्तै हाई भेरिएन्टमा ३ जीबी एलपीडीडी ४ र्याम र ६४ जीबी इन्टरनल मेमोरी छ भने एक्सक्लुसिभ एडिशनमा ४ जीबी र्याम र १२८ जीबी इन्टरनल मेमोरी दिइएको छ।
श्याओमीका यी फोनको मूल्य क्रमशः करिब ३४ हजार रुपैयाँ, करिब ३९ हजार रुपैयाँ र करिब ४५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
फोनमा ५.५ इन्च फुल एचडी डिस्प्ले दिइएको छ। एड्रेनो ५३० जीपीयूका साथ क्वालकम स्न्यापड्र्यागन ८२० प्रोसेसर यस फोनमा छ। अगाडि ४ मेगापीक्सेल र पछाडि फेस डिटेक्सन, अटोफोकस, एलइडी फ्ल्यास र सोनी आईएमएक्स २९८ सेन्सरका साथ १६ मेगापीक्सेल क्यामरा छ। एन्ड्रोइड ६.० मार्समेलो अपरेटिङ सिस्टममा काम गर्ने एमआई ५ मा ३००० एमएएचको ब्याट्री छ।Setopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved