चैत ४
काठमाडौं–‘विराट पेट्रोले महंगोमा तेल बेचेको जानकारी पाएपछि मन्त्रालयको सचिवको हैसियतले रोक्न आग्रह गरेँ, तर चर्को मुल्यमा तेल बिक्री रोकिएको अनौपचारिक जानकारी मात्र पाएँ, आयल निगमको बोर्ड अध्यक्षको हिसावले आजसम्म कुनै जानकारी मसँग आएको छैन ।’
आपूर्ति सचिव श्रीधर सापकोटाले आफूप्रति रोष प्रकट गर्दै कड्किन थालेपछि नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्काको मुहारमा आक्रोशको पारो चढेको प्रस्टै देखिन्थ्यो ।
विहीबार सिंहदरबारमा बसेको लेखा समितीको बैठकमा विराट पेट्रोले बेचेको महंगो तेलको बारेमा जवाफ दिन पुगेका गोपाल खड्काले आपुर्ति सचिव सापकोटाप्रति संकेत गर्दै जवाफ फर्काए, ‘खसी काट् भनेर दिएपछि काटेर बेचेको हुँ, अहिले कसैले मलाई थाहा थिएन भनेर भन्न पाउँदैन मैले मन्त्रालय र विभागको निर्देशन अनुसार काम गरेको छु ।’
खड्का यतिमै रोकिएनन्, ‘बिराटले बेच्ने रेटसँग मलाई मतलव छैन,मैले पम्प उपलक्ध गराएर को–अर्डिनेट मात्रै गरेको हुँ’ उनले भने, ‘छुट्टि थियो थाहा पाईँन भनेर कसैले भन्न पाउँदैन, माथिदेखि गल्ती हुँदै आएको कुरा निगमको एमडीतिर तेस्र्याएर पन्छने चलन भए ठिकै छ, नत्र यो कथा सबैलाई थाहा छ ।’
सापकोटा र खड्काको पोल खोलाखेल त्यतिमै सकिएन, लेखाको बैठकबाट बाहिरिने बेला ढोकामा खड्काले बोलाउँदा सापकोटा नसुनेझै गरेर बाहिरिए ।
बिहिबारको बैठकमा भर्खरै प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर गएका आपुर्ति सचिव सापकोटाले विराट पेट्रो लगायतका ३५ ओटा निजी कम्पनीहरुले तेल विक्रीका लागि पाएको अनुमतिलाई पुनरावलोकन गर्नुपर्नेमा जोड दिए भने खड्काले क्याविनेटको निर्णय भन्दै ति कम्पनीहरुको बचाउ गरे ।
संकटको बेलामा पेट्रोलियम पदार्थ ल्याउने अनुमति पाएका कम्पनीहरुले आपुर्ति सहज भएपछि मात्रै ल्याउन थालेको भन्दै उनीहरुको अनुमती रद्ध गर्नुपर्ने तर्क राखे । खड्कातर्फ संकेत गर्दै सापकोटाले भने, ‘मन्त्रालयको कावु बाहिर पनि केही परिस्थिति रहेको पाइयो, निगमको बोर्डलाई छलेर विराटको तेल बेच्ने पम्पहरुबारे निर्णय भएछ, त्यसबारे म अनभिज्ञ छु ।’
यसरी सापकोटा र सचिवले एक अर्काप्रति पोल खोलाखोल गरेपछि समितीका सदस्य धनराज गुरुङले प्रश्न गरे, ‘तपाईहरु पानी माथिको ओभानो बन्न खोज्नुभो, यसरी पोल खोलाखोल गरेको भरमा कसरी मुक्ति पाउनुहुन्छ ?’ देश अप्ठेरोमा परेको बेला महंगोमा तेल बेच्ने अनुमति दिएर आपुर्ति मन्त्रालय र निगमा जिम्मेवार अधिकारीले गम्भीर त्रुटी गरेको उल्लेख गर्दै गुरुङले भने, ‘ह्यांकी प्यांकीमा तपाईहरु सवै संलग्न हुनुहुन्छ ।’
समितीका अर्का सदस्य रामहरी खतिवडाले मापदण्ड तयार नपारिकन आपुर्ति मन्त्रालय र क्याविनेटले निजीलाई तेल बेच्न दिएको निर्णयबारे आपत्ति जनाउँदै भने, ‘आपुर्ति मन्त्रालय इतिहाँसकै भद्रगोल भयो ।’
त्यस्तै समितीका अर्का सदस्य दिपक खड्काले निगमसँग पैसा लिएर विराटले तस्करहरुसँगको मिलेमतोमा काम गरेको आरोप लगाए ।
आजका बैठकमा बोल्ने अधिकांश सभाषद्हरुले विराट पेट्रो लगायतका कम्पनीहरुलाई तेल बेच्न दिने निर्णयको बिरोध गरेका थिए ।
बिराट सहित सवैलाइ रोक्ने प्रक्रियामा जानुपर्छ : आपुर्तिमन्त्री
आपुर्तिमन्त्री गणेशमान पुनले मन्त्रिपरिषद्को बैठकले संकटको बेलामा निजी कम्पनीहरुले पेट्रोलियम पदार्थ पैठारी गर्न सक्ने निर्णय गरेको उल्लेख गर्दै अब आपुर्ति सहज हुँदै गएकाले त्यस्ता कम्पनीहरुलाई रोक लगाउनुपर्ने बताए ।
लेखाको बैठकमा बोल्दै मन्त्री पुनले भने, ‘गएको कात्तिकको क्याविनेटले ६ महिनाको लागी इजाजत दिएको थियो, अब त्यो ईजाजत खारोज गर्नका लागि क्याविनेटमा प्रस्ताव लाँदैछौं ।’
गएको कात्तिके २ गतेको क्यविनेटको निर्णय अनुसार आयल निगमले विराट सहित ३५ वटा निजी कम्पनीहलाई तेल बिक्रीको अस्थाई इजाजत दिएको मन्त्री पुनले जानकारी दिए ।
Ratopati बाट
लेखाको बैठकमा आपूर्तिसचिव र गोपाल खड्काबीच पोल खोलाखोल !
Posted by Unknown
Posted on 6:19 AM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment