Home » » छोरा नपाएको झोकमा लिंग काटेपछि…

छोरा नपाएको झोकमा लिंग काटेपछि…

एजेन्सी । दक्षिणी चीनमा एक व्यक्तिले आफ्नै लिंग काटेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।
३६ वर्षीय पुरुषले छोराको जन्म नभएपछि आफैलाई सजाय दिँदै आफ्नो लिंग काटेका हुन् । ३ र १३ वर्षीय छोरीका बाबु समेत रहेका उनले आफ्नो लिंगको १.२ इन्च अगाडिको भाग काटेको बताइएको छ । योंग नामका उनले यो हर्कत गर्नुभन्दा पहिला मदिरा पिएका थिए ।
पीपल्स डेली चाइनाका अनुसार पुरुषले २२ फ्रेवरी अर्थात सोमबार चक्कुले आफ्नो लिंग काटेका थिए । रिपोर्टका अनुसार क्वांगझू सहर नजिकैको ग्रामिण इलाकामा बस्दै आएका योंग गाउँका मानिसहरुका कारण तनावमा थिए, जो उनलाई छोरो नपाएको भन्दै हेला गर्थे । अर्थात आलोचना गर्ने ।
यो भन्दा पहिला उनलाई अत्यधिक मदिरा पिउँदा १५ फ्रेअवरीका दिन फुजियान आम्र्ड पुलिस हास्पिटलको इमरजेन्सी रुममा भर्ना गरिएको थियो । उनका परिवारकाअनुसार उनले यो खतरनाक कदम उठाउनुपूर्व जमेरै मदिरा पिएका थिए ।
उनका परिवारले घटनाबारे थाहा पाएपछि उनलाई अस्पताल लगिएको छ । र लिंग काटिएको भागलाई आइसबैगमा राखिएको छ । रातिको शिफ्टमा काम गर्ने एक डाक्टरले भनेका छन् योंगले आफ्नो लिंगको १.२ इन्च भाग काटेका थिए । डाक्टरका अनुसार योंगले अस्पतालमा उपचार गर्न मानेका थिएनन् । पछि परिवारको दबाबपछि अस्पताल भर्ना भए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved