Home » » गाउँ गाउँ उत्रियो एमाले, जनताको घरघरमा प्रशिक्षण

गाउँ गाउँ उत्रियो एमाले, जनताको घरघरमा प्रशिक्षण

भैरहवा, फागुन ११ । नेकपा एमालेद्वारा फागुन १४ गते भैरहवामा हुने विशाल आमभालाई लक्षित गरी घरदैलो र भेलालाई तिब्रता दिईएको छ ।
एमाले जिल्ला उपसचिव राजेन्द्र प्रसाद पन्थिका अनुसार आमसभामा आमासभा स्थल रुपन्देहीका ८० हजार जनता सहभागी हुने छन् ।
८० हजार मानिसहरुको सहभागीता बनाउने ध्ययेले पार्टिले अहिले रुपन्देहीमा घरदैलोलाई तिब्रता दिएको छ । सोमबार सम्म आउदा पार्टिले जिल्लाको ७ वटै निर्वाचन क्षेत्रमा एक चरणको घरदैलो र भेला सम्पन्न गरेको छ । आज सोमबार देखी पुनः दोहराई घरदैलो र भेला थालिएको छ ।
दोहरीएको घरदैलोमा क्षेत्र नम्बर १ को देवदह नगरपालिकामा पार्टिका क्षेत्रीय इन्चार्ज धुव्र खरेलको नेतृत्वमा, क्षेत्र नम्बर २ को सिनपा १ र २ मा जिल्ला सदस्य जिवलाल अर्यालको नेतृत्वमा, सिनपा ३ मा पुर्व जिल्ला कमिटी सदस्य उत्तम श्रेष्ठको नेतृत्वमा, सिनपा ६ मा जिल्ला सदस्य विष्णु पन्थिको नेतृत्वमा, सिनपा ७ र८ मा जिल्ला सचिवालय सदस्य हितराज पन्थिको नेतृत्वमा, सिनपा ९ मा पुर्व राष्ट्रिय प्रतिनिधी परिषद सदस्य गोपीरमण उपाध्यय र जिल्ला सदस्य डासुराम पाण्डेको नेतृत्वमा, सिनपा १२ मा जिल्ला सदस्य प्रेम सेन्चुरी र क्षेत्रीय अध्यक्ष घनेन्द्र विक्रम पाण्डे, पडसरीमा जिल्ला सचिवलाय सदस्य बलबहादुर आचार्य र क्षेत्रीय सचिव श्याम बस्यालको नेतृत्वमा, हाटि फर्साटिकरमा जिल्ला सल्लाहकार सदस्य भरत कुमार पोखरेल, चिल्हीयमा जिल्ला सदस्य भागीरथी थारु, हाटिबनगाईमा जिलला सचिवालय सदस्य पम्फावति खनाल, मैनिहवामा अयोध्या थारु, तिलोत्तमा नगरपालिकाको २० र २१ मा क्रमशः जिल्ला सदस्य नारयाणी घिमिरे, जिल्ला सदस्य कृष्ण नेपालले नेतृत्व गरेका थिए ।
क्षेत्र नम्बर ३ को तिनपा ११ मा जिल्ला सचिवालय सदस्य यज्ञ गैरे, जिल्ला सदस्य युवराज न्यौपाने, तिनपा ५ मा पुर्व अन्चल सदस्य लक्ष्मण नेपाली र केशव न्यौपाने, तिनपा ४ मा जिल्ला सचिवलायस सदस्यद्वय सुरेन्द्र बर्मा र बासुदेव घिमिेरे, तिनपा १७, १८ र १९ मा श्याम खरेलले नेतृत्व गरेका थिए । हर्नेया गाविसमा पुर्व राष्ट्रिय प्रतिनिधी परिषद सदस्य भवानीशंकर सापकोटा र पुर्व अन्चल सदस्य श्रीराम यादव खटिएका थिए ।
यसैगरी विशाल सभालाई सफल पार्न तिनपा व्पापार संघको संयन्त्रको बैठकले १४ गतेको कार्यक्रममा सबै उद्योगी व्यवसयाीलाई सहभागी गराउने निर्णय गरेको छ । बैठक एमाले केन्द्रिय सदस्य लिला गिरीको प्रमुख आतिथ्यता र कृष्ण नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्षेत्र नम्बर ६ मा पुर्व राष्ट्रिय प्रतिनिधी परिषद सदस्य बाबुलाल यादव, जिल्ला सदस्यद्वय विन्धयाचल यादव र साधुशरण साहनी लगायत तथा क्षेत्रीय पदाधिकारी र अन्य नेताको सहभागीतामा घरदैलो जारी रहेको जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर २ जनपरिचालन समिती संयोजक हरि प्रसाद अधिकारीले जानकारी दिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved