भैरहवा, १४ फागुन । आन्दोलन गरेर पाँच महिनादेखि मधेसमा आफ्नो कब्जा जमाएका मधेसवादी दल अन्ततः पराजित भएको नेकपा एमालेका नेताहरुले दाबी गरेका छन् ।
रुपन्देहीको भैरहवामा शुक्रबार आयोजित संविधान जनजागरण तथा शक्ति प्रदर्शन कार्यक्रमपछि एमाले नेता बैजनाथ चौधरीले मधेसी मोर्चा एमालेसँग पराजित भएको बताए । उनले भने– हामीले पराजित भयो भन्नुपर्ने अवस्था नै छैन् । आजको जनलहर, प्रधानमन्त्रीलाई गरेको स्वागत जस्ता क्रियाकलापले मोर्चा पूर्णरुपमा हारेको प्रष्ट भएको छ ।’
संविधानको प्रचार प्रसारका लागि भन्दै एमाले रुपन्देही जिल्ला शाखाले भैरहवामा विशाल जनसभा आयोजना गरेको थियो । जहाँ हजारौंको संख्यामा मधेसका जनता सहभागी थिए ।
यसअघि संविधानको प्रचार गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने थाहा पाएपछि मधेसी मोर्चाले अवरोधको प्रयास गरेको थियो जून सफल हुन सकेन् । अवरोधमा उत्रिएका १०-१२ नेतालाई प्रहरीले पक्राउ गरेको थियो भने यसअघि ढुंगा हान्न खटिने मधेसी युवाहरु प्रधानमन्त्रीको स्वागतमा सडक सडकमा उत्रिएका थिए ।
यी सबै गतिविधीले पनि मधेसी जनता सचेत भएको र मधेसवादी दल परास्त भएको नेता चौधरीले ठोकुवा गरे । भैरहवामा आयोजित सभामा प्रधानमन्त्री ओलीसँगै एमाले नेताहरु, मन्त्रीहरु लगायतको सहभागिता थियो ।
मधेसी मोर्चा थाक्यो, अब सरकारमा आउँछ
यसैगरी प्रधानमन्त्री ओलीले केटाकेटीको खेलबाट यो सरकार नबनेको बताए ।
‘कुनै केटाकेटीको गाई र त्रिशुलको एमालेको सरकार बनेको होइन’, उनले भने, ‘सरकारलाई सजिलै ढाल्ने कुरा हल्ला मात्रै हो । महाधिवेशनपछि कांग्रेस पनि सरकारमा आउँछ ।’
प्रधानमन्त्री ओलीले ६ महिना लामो आन्दोलनबाट मधेसी दलहरु थकित भइसकेको बताए ।
उनले मधेसी दलहरु थाकिसकेकाले उनीहरु पनि सरकारमा आउने दाबी गरे । ‘मधेसीहरु लगातारको आन्दोलनले थाकिसकेका छन्’, उनले भने, ‘चैतपछि उनीहरु पनि सरकारमा आउँछ, सबै मिलेर देशलाई आर्थिक विकासतर्फ अघि बढाउँछौं ।’
Home »
Nepali News
» अन्ततः एमालेसँग हार्यो मधेसी मोर्चा, मधेसमा देखियो यस्तो रवाफ (फोटो फिचर)
अन्ततः एमालेसँग हार्यो मधेसी मोर्चा, मधेसमा देखियो यस्तो रवाफ (फोटो फिचर)
Posted by Unknown
Posted on 6:26 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment