Home » » पूर्व सभामुख नेम्बाङको नेतृत्वमा सर्वदलीय टोली चीन जाने

पूर्व सभामुख नेम्बाङको नेतृत्वमा सर्वदलीय टोली चीन जाने


२९ पुस, काठमाडौं । पूर्वसभामुख सुवास नेम्बाङको
नेतृत्वमा सर्बदलीय टोली चीन भ्रमणमा जाने भएको
छ । चिनियाँ फ्रेण्डसीप एसोसिएसनको निम्तोमा
जान लागेको नेम्वाङ नेतृत्वको टोलीमा ११ सांसद
छन् ।
माघ ३ गतेबाट भ्रमणमा जान लागेको नेम्बाङले
जानकारी दिए । ‘म सभामुख हुँदा विभिन्न देशको
निम्तो आएको थियो । संविधान नबन्दासम्म जानँ
भनेको थिए’ नेम्बाङले अनलाइनखबरसँग भने-संविधान
बनेपछि अब आउनुपर्यो भने । र, पहिला चीनको
निम्तो स्वीकार गरिएको हो ।’
चीन भ्रमणमा टोलीमा कांग्रेसका रामहरि
खतिवडा र किरण यादव, एमालेका रविन्द्र
अधिकारी र ईच्छाराज तामाङ, एमाओवादीका
आशा खनाल छन् ।
यस्तै उमेश श्रेष्ठ, कमला शर्मा, कुमार खड्का र अमहर
कमाल मुसलमान पनि छन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved