Home » » मधेसी मोर्चाको आमहड्ताल फिर्ता ! पूर्ण रुपमा बजारहरु खुले ....

मधेसी मोर्चाको आमहड्ताल फिर्ता ! पूर्ण रुपमा बजारहरु खुले ....


गोलबजार (सिरहा), २७ मङ्सिर । लामो समयदेखि जारी संयुुक्त लोकतान्त्रिक
मधेसी मोर्चाको हड्ताल बिस्तारै खुुकुुलो हुँदै गएपछि जनजीवन सामान्य बन्दै
गएको छ । मोर्चाले अनौपचारिक रुपमा आमहड्ताल लिएको हो ।
लहान, मिर्चैया, गोलबजारलगायत बजार आजदेखि पूूर्ण रुपमा खुुलेको छ । शैक्षिक
संस्था बिहानको समयमा सञ्चालनमा आउन दिने भनी मोर्चाले निर्णय गरेपछि
बिस्तारै बजार पनि खुुलेको हो । औपचारिक रुपमा भने फिर्ता लिएको घोषणा
गरेको छैन् ।
बजार खुुलेपछि बिस्तारै जनजीवन सामान्य बनेको गोलबजारका व्यापारी महेश
साह बताउनुहुन्छ । मधेसी मोर्चाको हड्तालका कारण साढे तीन महिनादेखि
पूूर्ण रुपमा ठप्प रहेका सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्था समेत
सञ्चालनमा आएका छन् ।
लहानमा दुुई दिन अगाडि खाना पकाउने ग्यास र शनिबार पेट्रोल समेत वितरण
गरिएपछि धेरै राहत भएको सर्वसाधारणको भनाइ छ । बजार खुुलेपछि बिस्तारै
सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । जाडो बढेसँगै कपडा पसलमा बाक्लो
कपडाको बिक्री ह्वात्तै बढेको छ ।
सिरहाका मूल नाका माडर र ठाडी हुँदै भारतीय बजारको सामान आयात हुुने
क्रम बिस्तारै बढ्दै गएको छ । सवारी साधन भने नचल्दा व्यापारिक प्रयोजनका
लागि सामान ल्याउन भने अप्ठ्यारो भइरहेको व्यापारी बताउँछन् ।
दिनमा सवारी साधन नचलेपछि राति ढुुवानी गर्नुुपर्दा बजारमा दैनिक उपभोग्य
वस्तुु भने महँगोमा खरिद गर्न उपभोक्ता बाध्य छन् । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved