Home » » मन्त्रीका कारण शिर निँहुरिएको भन्दै नारायणकाजीले दिए प्रचण्डसामु राजीनामा

मन्त्रीका कारण शिर निँहुरिएको भन्दै नारायणकाजीले दिए प्रचण्डसामु राजीनामा


काठमाण्डु, २६ मंसिर– एकीकृत माओवादी उपाध्यक्ष
नारायणकाजी श्रेष्ठले सरकार सञ्चालनका लागि
गठित संयन्त्र प्रमुखको जिम्मेवारीबाट राजीनामा
दिएका छन् ।
सरकारमा सहभागी पार्टीका मन्त्रीले मनपरी गरेको
भन्दै श्रेष्ठले अध्यक्ष प्रचण्ड समक्ष राजीनामा दिएका हुन्
। लाजिम्पाट उच्च श्रोतका अनुसार श्रेष्ठको
राजीनामा भने स्वीकृत भएको छैन ।
शनिबार प्रचण्ड निवास लाजिम्पाटमा पार्टीका
मन्त्रीहरुसहित बसेको स्थायी समिति बैठकमा श्रेष्ठले
राजीनामा स्वीकृत गरिदिन प्रचण्डलाई दबाब दिएका
छन् ।
बैठकमा श्रेष्ठले मन्त्रीहरुको कार्यशैलीका कारण दिक्क
भएको सुनाए । मन्त्रीहरुले बदमासी गर्दा आफ्नो समेत
विश्वसनीयता घटेकाले संयन्त्रमा बस्न नसक्ने उनको भनाइ
थियो ।
‘पार्टीका मन्त्रीहरुको बदमासीले मेरो शीर
निहुँरिएको छ’, श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,
‘आफ्नै विश्वसनीयता घटाएर संयन्त्रमा बसिरहन सक्दिन,
मलाई छुटकारा दिनुस् ।’
संयन्त्रबाट हटेर आफू पार्टीको काममा मात्र केन्द्रित हुने
उनको भनाइ थियो । श्रेष्ठले गृहमन्त्री शक्ति बस्नेतका
दुई छोरी र अध्यक्ष प्रचण्डका चार नातिनी एकैपटक
चीन भ्रमणमा गएको घटनाले पार्टीको शिर
निहुँरिएको बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved