Home » » प्रियाका भन्छीन अमेरिकन संग ब्लू फिल्म खेल्न सारै मन पर्छ..

प्रियाका भन्छीन अमेरिकन संग ब्लू फिल्म खेल्न सारै मन पर्छ..

भारतीय मूलकी पोर्न अभिनेत्री प्रिया अञ्जली राय ३८ वर्षमा लागिन् । २५ डिसेम्बर १९७७ मा जन्मेकी प्रियाले
बिहीबार जन्मदिन मनाएकी छन् । भारतमा जन्मेर अमेरिकामा हुर्केकी यी पोर्न अभिनेत्रीको बलिउड फिल्ममा इन्ट्री
गर्ने रुचि छ । तर, उनी आफ्नो पोर्न छविलाई पनि कायम राख्न चाहन्छिन् ।
३८औं बसन्तसम्म आइपुग्दा प्रियाले थुप्रै उताव–चढाव बेहोरेकी छन् । उनी दुई वर्षकै हुँदा आमाबाबुका साथ दिल्लीबाट
अमेरिका गइकी हुन् । पछिल्लो समय रियालिटी सो ‘बिगबोस’ मा सहभागी भएपछि प्रिया चर्चामा आएकी हुन् ।
सुरुमा ‘बिगबोस’ मा आउन प्रियाले इन्कार गरेकी थिइन् । ताकि उनी खाशै चर्चामा आउन नरुचाउँदिनन् । अन्ततः
‘बिगबोस’ मा आइसकेपछि उनी जबर्रजस्त चर्चामा आइन् ।
सानो छँदा उनलाई एक अमेरिकी दम्पतिले पिटेका थिए । त्यतिखेर उनी स्कुल पढ्दैथिइन् । मिनेसोटामा पढेहुर्केकी
प्रिया पछि एरिजना राज्य विश्वविद्यालयमा भर्ना भइन् । त्यही पढ्दा उनले ‘वयस्क मोडल’ बन्ने अवसर पाएकी थिइन् ।
मोडलिङले गर्दा उनको पढाइमा बाधा पुग्यो । त्यसपछि प्रियाले पढाइ छाढेर मोडलिङमा करिअर सुरु गरिन् । -याप्प
मोडलिङ, फेसन र स्विमवेयरबाट करिअर सुरु गरेकी प्रिया अश्लील फिल्ममा आउनुअघि १२ वर्ष कामुक नर्तकी थिइन् ।
प्रिया पोर्न इन्डस्ट्रीमा छिरेको धेरै भएको छैन । ४ वर्षको अन्तरालमा प्रियाले पोर्न इन्डस्ट्रीमा आफ्नो भारतीय
नाम स्थापित गरिन् । उनका अनुसार भारतीय अनुहारले गर्दा पोर्न इन्डस्ट्रीमा फरक देखिइन् । र, ‘ए’ श्रेणीमा पुग्न समय
लागेन । प्रिया भन्छिन्, ‘खैरो रंगका अनुहार भएको भए यो स्थानमा पुग्न मलाई निकै मुश्किल पर्दथ्यो ।’
हुनपनि प्रियाभन्दा अघि भारतीय मूलकी एकमात्र पोर्न स्टार सन्नी लियोनलाई चिनिन्थ्यो । तर, ‘बिगबोस’ मा
सहभागी भएपछि सन्नीले आफ्नो छवि बदलिसकेकी छन् । सन्नी पछिल्लो समय बलिउडमा जम्न थालेकी छन् । प्रियाको
पनि बलिउड इन्ट्री गर्ने रुचि छ । तर उनी आफ्नो पोर्न छविलाई पनि कायमै राख्न चाहन्छिन् ।
प्रिया भन्छिन्, ‘म पाँच वर्षअघि पोर्न इन्डस्ट्रीमा छिरेकी हुँ । त्यसअघि म डान्सर थिएँ । २९ वर्षको हुँदा पोर्न
इन्डस्ट्रीमा छिरेकी प्रिया भन्छिन्, ‘म सबैखाले काम गर्न चाहन्छु । पोर्न फिल्म, सेन्टर फोल्ड्स, म्युजिक भिडियो
इत्यादी । तर, मेरो मुख्य धार पोर्न फिल्म हो ।
प्रियाले यूरोपियन खान–पानबारे एक ‘कुकिङ शो’ पनि गर्दैछिन् । प्रिया भन्छिन्, ‘पोर्न इन्डस्ट्रीमा हजारौं गोरो
अनुहारका छन् । तर, कालो कपाल भएका एकदमै थोरै छन् ।’ कालो वर्ण अर्थात् इन्डियन फेस भएकै कारण पोर्न फिल्ममा
चाँडै जमेको उनको भनाइ छ । उनी भन्छिन्, ‘अमेरिकी पोर्न इन्डस्ट्रीमा भारतीय महिलाको संख्या एकदमै कम छ ।’
अमेरिकामै हुर्केर पनि भारतीय परम्पराप्रति आफ्नो रुचि भएको प्रिया बताउँछिन् । प्रिया भन्छिन्, ‘थाहै छ म
अमेरिकी पालन पोषणमा हुर्केकी हुँ । त्यसैले पहिले मलाई भारतीय संस्कारबारे थाहा थिएन ।’ उनका अनुसार पैसाको
मामिलामा अमेरिका सबैभन्दा ठूलो बजार हो । आफ्नो बढी फ्यान युरोपियन भएको बताउँदै प्रियाले भनिन्, ‘उनीहरु
दयालु पनि हुन्छन् ।’ प्रिया पोर्न इन्डस्ट्रीमा ‘प्रिया राय अञ्जली’ र ‘प्रिया अञ्जली राय’ दुवै नामले चिनिन्छिन् ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved