भारतले गरेको व्यवहारबाट देशले पाठ सिक्नुपर्नेमा
जोड
रामेछाप, १९ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय
सदस्य एवं युवा नेता गगन थापाले नयाँ संविधान
कार्यान्वयनमा नआए देश ठूलो संकटमा फस्ने
बताउनुभएको छ ।
रामेछाप सदरमुकाम मन्थलीमा शनिबार आयोजित
कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै
उहाँले संविधान असफल हुँदा हामी सबै नेपालीले
हार्ने बताउनुभयो ।
नेता थापाले भन्नुभयो- संविधान कार्यान्वयन
नगरी आन्दोलनरत मधेसी मोर्चाका सबै माग पुरा
गर्ने हो भने अहिलेसम्म प्राप्त सबै उपलब्धि गुम्ने
खतरा छ । यस्तो अवस्था सिर्जना हुनु भनेको
नेपाली हार्नु र बाह्य शक्तिले जित्नु हो ।
भारततर्फ संकेत गर्दै नेता थापाले मधेसी मोर्चा
अजायज माग पुरा गरिए संविधान असफल हुने त्यो
दक्षिणपन्थीहरुको जित हुने भनाई राख्नुभयो ।
‘यो संविधान असफल हुँदा काँग्रेस, एमाले र
माओवादीले मात्र हैन, मधेस केन्द्रित दलले पनि
हार्छन् । यो संविधान असफल भयो भने फेरी
लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन
सक्छ ।’ थापाको भनाई थियो । संविधानमा
भएका कमजोरीलाई सच्याउँदै अघि बढे मात्रै देशले
निकास पाउने नेता थापाको सुझाव छ ।
भारतले अहिले गरेको व्यवहारबाट देशले पाठ
सिक्नुपर्ने उहाँले बताउनुभयो ।
0 comments:
Post a Comment