Home » » नेपालको आपत्तिपछि दसगजामा एसएसबीको चेकपोस्ट हटाइयो

नेपालको आपत्तिपछि दसगजामा एसएसबीको चेकपोस्ट हटाइयो


सप्तरी , १६ मंसिर । दसगजा क्षेत्रमा घरटहरा बनाउन नपाइने अन्तर्राष्ट्रिय नियमको बेवास्ता गर्दै भारतले सप्तरीमा पर्ने दसगजामै बनाएको
सुरक्षा चेकपोस्ट नेपालको आपत्तिपछि हटाएको छ। बेल्ही गाविस -६ स्थित नेपाल-भारत सीमाको दसगजा क्षेत्रभित्र भारतीय सशस्त्र
सीमा सुरक्षा बल (एसएसबी) ले एक साताअघि टहरो खडा गरी सुरक्षा चेकपोस्ट बनाएको थियो।
सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा टोलीले मंगलबार दसगजामै गएर आपत्ति जनाएपछि एसएसबीले
चेकपोस्ट हटाएको हो।भारतीय सीमामा रहेको विद्यालयमा बस्दै आएको एसएसबीको चकपोस्टलाई विद्यालयले खाली गर्न लगाएपछि
उनीहरूले दसगजामा चेकपोस्ट बनाएको थियाे ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भट्ट नेतृत्वको सुरक्षा निकायको टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ।टोलीले दसगजा मिचेर
भारतले बनाएको चेकपोस्ट हटाउन भनेपछि एसएसबीका अधिकृत राजेन्द्र रायले गल्ती स्वीकार्दै दुई घन्टाभित्र चेकपोस्ट भत्काएको प्रहरी
नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए।
रायले दसगजा क्षेत्रभित्र चेकपोस्ट बनाउन नहुने आफूलाई थाहा नभएको र भारततर्फको भूभाग फोहर भएकाले नेपालतर्फ बनाइएको बताए।
सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियम मिचेर दसगजा क्षेत्रभित्र कुनै हालतमा चेकपोस्ट बनाउन नपाइने नेपाली सुरक्षा टोलीले आधा घन्टासम्म
अडान लिएपछि उनीहरू चेकपोस्ट हटाउन तयार भएको प्रहरी उपरीक्षक ढकालले बताए। अाजकाे अन्नपूर्ण पोस्टमा खबर रहकाे छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved