काठमाडौं, मंसिर २१ । भारतीय विदेश
मन्त्री सुष्मा स्वराज र दिल्ली भ्रमणमा
रहेका मधेसी मोर्चाका नेताबीच आइतबार
साँझ भेटवार्ता भएको छ ।
मधेसी नेताका लागि आयोजित
रात्रीभोजमा विदेश मन्त्री स्वराजले
मोर्चाका नेताहरूलाई समावेशी नेपाल
बनाउन भारतको सधैं सहयोग रहने बचन दिए ।
भारतीय विदेश
मन्त्रालयका प्रवक्ता विकास स्वरुपका
अनुसार भेटमा स्वराजले संविधानमा सबैको
अपनत्व हुनुपर्ने र राजनीतिक समाधानमा पुगी
स्थितिलाई सामान्यीकरण गर्न सुझाव
दिएकी हुन ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र
एमाओवादीले मधेस आन्दोलनबारे तयार
पारेको तीन बुँदे साझा प्रस्ताव अस्वीकार
गर्दै दिल्ली लागेका मोर्चाका नेताले
आइतबार दिनभर भारतका अरु विभिन्न दलका
नेतालाई पनि भेटेका थिए ।
मोर्चाका नेताहरुले भने मधेस आन्दोलन
नेपालको आन्तरिक मामला भएको र भारतको
तर्फबाट कुनै नाकाबन्दी नगरेको बताएका छन्
। दिल्लीमा सञ्चारमाध्यमलाई फोरम
अध्यक्ष उपेन्द्र यादवले नेपाली राज्यले रङ र
भाषाका आधारमा आफूहरुलाई अन्याय गरेको
बताए भने सद्भावना अध्यक्ष राजेन्द्र महतोले
नेपालमा अहिले भारतविरोधी राष्ट्रवाद
हाबी भएको बताएका थिए ।
मधेसी मोर्चासँग करिब अढाइ घन्टा लामो
दुईचरणको छलफलपछि भारतले मधेसीहरुको
मागमा सहमति जनाएको थियो । तर सिमा
अवरोध हटाउन भने एकसाथ अनुरोध गरेको छ ।
नयाँदिल्लीमा कुटनितीक स्रोतहरुले
बताएअनुसार विदेशमन्त्री सुष्मा स्वराजले
नेपालका प्रमुख दल र मधेसी मोर्चाबीच
‘विन–विन’ हुने गरी सम्झौता गर्नुपर्ने भारत
सरकारको सुझाव रहेको खबर नयाँपत्रिकाले
प्रकाशित गरेको छ ।
मोर्चाका नेताहरुले सोमबार भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने
बताइएको छ ।
Home »
Nepali News
» नाकाबन्दी खोल्न मधेसी
मोर्चालाई भारतको
सुझाव
नाकाबन्दी खोल्न मधेसी मोर्चालाई भारतको सुझाव
Posted by Unknown
Posted on 6:47 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment