Home » » एमाओवादी प्रधानमन्त्री ताक्दैछ, कांग्रेसको ठेगान छैन : महन्थ ठाकुर

एमाओवादी प्रधानमन्त्री ताक्दैछ, कांग्रेसको ठेगान छैन : महन्थ ठाकुर

मंसिर १६, २०७२- आन्दोलनरत संयुक्त
मधेसी मोर्चाको एक घटक तमलोपाका
अध्यक्ष महन्थ ठाकुरले तीन ठुला दलहरुले
वार्तालाई प्राथमिकता नदिएको
बताएका छन् । ‘एमाओवादीलाई ठुलो
उपहार चाहिएको छ । ऊ प्रधानमन्त्री
बन्न खोज्दै छ । नेपाली कांग्रेसको
ठेगान छैन । छिन छिनमा कुरा फेर्छ,’
मोर्चाले पूर्वपश्चिम राजमार्गको
ढल्केबरमा आयोजना गरेको विरोध
सभामा उनले भने ।
‘वार्तालाई गम्भीरतापूर्वक नलिए
काठमाडौंसँगको मधेसको सम्बन्ध टुट्न
सक्छ,’ उनले भने, ‘१सय ९ दिनको मधेस
आन्दोलनपछि बल्ल तीन ठुला दलले मधेस
मुलुकको लाइफ लाईन हो भने थाहा
पाएका छन् । वार्तालाई
गम्भीरतापूर्वक लिइएन भने मुलुकको
लाइफ लाईन टुट्न सक्छ । दुर्घटना योजना
बनाएर हुदैन, जतिबेला पनि हुन सक्छ ।’
वर्तमान सरकारलाई ‘खिचडी’
सरकारको संज्ञा दिँदै ठाकुरले तीन
ठुला दलले वार्ताको नाममा खेलबाड
गरेको आरोप लगाए । मोर्चाको माग
बारे पटक–पटक लिखित तथा मौखिक
जानकारी गराइए पनि सरकार बेखबर
बनेको समेत उनले बताए ।
झापादेखि कञ्चनपुरसम्मको भूभागलाई
मधेस प्रदेशमा राखिनु पर्ने मोर्चाको
बटम लाईन भएको उल्लेख गर्दै तमलोपा
अध्यक्ष ठाकुरले सुशील कोइराला
नेतृत्वको सरकारले दर्ता गराएको
संशोधन विधेयक मधेसी मोर्चाको मात्र
नभई सिंगै मुलुकको लागि भएको जिकिर
गरे, ‘बिनाछलफल ल्याएको विधेयक
पारित गर्नु पर्दछ तर यो विधेयक मधेससँग
सम्बन्धित छैन । उत्पीडीत तथा
बहिष्करणमा परेका सम्पूर्ण नेपालीको
लागि हो ।’ उनले आफूहरुको प्राथमिक
माग सीमांकन भएको पनि बताए ।
मधेसलाई समाजिक, धार्मिक तथा
साँस्कृतिक सद्भावको प्रतीकको रुपमा
अर्थाउँदै ठाकुरले भने, ‘मधेसी र थारु
पहाडमा बसोबास गर्दैनन् तर पहाडी
मधेसमा बस्छन् । मधेसमा सम्पूर्ण जात
जाति तथा धर्मका मानिसको
बसोबास छ । मधेस असल अर्थमा नेपाल छ
।’
केन्द्रिय छापा तथा विद्युतीय
संचारमाध्यमहरुप्रति आक्रामक देखिएका
संघीय समाजवादी फोरम नेपालका
अध्यक्ष उपेन्द्र यादवले मधेस नेपाल भन्दा
पनि पुरानो राज्य भएको उल्लेख गरे ।
उनले भने, ‘शब्दकोषमा नेपाल र नेपाली
शब्दको प्रवेश हुनुभन्दा पहिले मधेसमा
मिथिला, अवध आदि देश अस्तित्वमा
थिए ।’
नेपालका केही पूर्व प्रधानमन्त्रीहरुले
भारत भ्रमणको क्रममा आफूहरु भारतमा
जन्मेका, आफ्ना पुर्खाहरु भारतबाट
नेपाल गएका विषयलाई गौरवपूर्वक
उद्घोष गर्ने गरेको उल्लेख गर्दै यादवले भने,
‘भारत पुगेर आफूलाई भारतीय मूलका भन्ने
नेताहरु नेपाल छिर्ने बित्तिकै मधेसीलाई
भारतीय भन्न थाल्छन् ।’
केपी शर्मा ओली नेतृत्वको सरकार तथा
तीन ठुला दललाई ‘नस्लवादी’को
संज्ञा दिदै उनले भने, ‘जुम्ला र सुर्खेतमा
भएको आन्दोलनलाई बिनावार्ता
सम्बोधन गर्ने अनि मधेस आन्दोलनको
क्रममा ५४ जनाले सहादत दिए पनि कान
नसुन्ने सरकार र दलहरुलाई नस्लवादी
किन नभन्ने ?’
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र
महतोले आन्दोलनबाटै मधेसको माग
सम्बोधन हुने बताए । उनले भने, ‘केपी शर्मा
ओली, सुशील कोइराला र पुष्पकमल
दाहाल आन्दोलनकै भाषा बुझ्छन । माग
पूरा नभएसम्म आन्दोलन रोकिनु हुँदैन ।’
४० दिन लामो मधेस आन्दोलनलाई
वेवास्ता गरेका तीन ठुला दल सीमा
नाकामा नाकाबन्दी गरेपछि बल्ल
होसमा आएको बताउँदै महतोले भने,
‘उनीहरुलाई (तीन ठुला दललाई) ग्यास र
पेट्रोलको चिन्ता छ । हामीलाई
अधिकारको ।’
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष
महेन्द्र राय यादवले पनि आन्दोलनबाटै
अधिकार प्राप्त हुन सक्ने बताए । उनले
भने, ‘यसपटकको आन्दोल उधारोमा
होइन, नगदीमा सकिन्छ ।’ विरोध
सभामा धनुषा, महोत्तरी, सिरहा,
सप्तरी तथा सर्लाहीबाट हजारौं
सहभागी भएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved