Home » » एमालेका प्रदेश इन्चार्ज को–को हुने भए ?

एमालेका प्रदेश इन्चार्ज को–को हुने भए ?


काठमाडौं – मुलुक संघीय संरचनामा
गएपछि राजनीतिक पार्टीहरु पनि
संघात्मक ढाँचामा जानुपर्ने भएको छ ।
हालसम्म एमाओवादीले प्रादेशिक
संरचना अनुरुप पार्टीका शीर्षस्थ
नेतालाई जिम्मेवारी दिए पनि अन्य
दलले तयारी समेत गरेका छैनन् ।
एमालेभित्र प्रदेशको इञ्चार्ज स्थायी
कमिटि सदस्यमध्येबाट बनाउने भन्नेमा
लगभग सहमति जुटेको छ । तर,
पदाधिकारीबाटै बनाउने कि स्थायी
कमिटि सदस्य जो भए पनि हुने भन्ने अझैं
टुंगो लागेको छैन । सम्भवतः
पदाधिकारीलाई विभागीय प्रमुख
बनाइनेछ भने सकेसम्म स्थायी कमिटि
सदस्यलाई नै प्रदेश इञ्चार्जको
जिम्मेवारी दिइनेछ । त्यसो भएको
खण्डमा प्रदेश १ को इञ्चार्ज सुवास
नेम्वाङ हुनेछन् ।
त्यस्तै २ नम्बर प्रदेशको इञ्चार्जमा
सत्यनारायण मण्डलको सम्भावना छ ।
यसबीचमा लालबाबु पण्डितलाई
स्थायी कमिटिमा मनोनित गरेर
उनलाई २ नम्बर प्रदेश इञ्चार्ज बनाउने
चाहना माधव नेपाल पक्षले राखेको छ ।
३ नंम्बर प्रदेशको इन्चार्जमा सुरेन्द्र
पाण्डेको सम्भावना छ । ३ नम्बर
प्रदेशभित्र राजधानी विशेष प्रदेश
कमिटि अलग्गै रहनेछ । राजधानी
प्रदेशको इन्चार्ज सानुकुमार श्रेष्ठ नै
रहनेछन् । माधव नेपाल पक्षले राजधानी
प्रदेशको इञ्चार्जका लागि रघुजी
पन्तको नाम अघि सार्न सक्छ, तर नेवार
समुदायको बाहुल्य रहेकाले उनलाई
इञ्चार्ज बनाउन सकैको बिमती हुनेछैन ।
४ नम्बर प्रदेशको इञ्चार्ज किरण गुरुङ हुने
सम्भावना छ । ५ नम्बर प्रदेशको इञ्चार्ज
छविलाल विश्वकर्मा र ६ नम्बर प्रदेशको
इञ्चार्जमा शंकर पोखरेललाई
जिम्मेवारी दिइने तयारी छ । सात
नम्बर प्रदेशको इञ्चार्ज भने उपाध्यक्ष
भीम रावल वा पोलिटव्युरो सदस्य
कर्णबहादुर थापा मध्येबाट एक हुनेछन्,
आजको साँघु साप्ताहिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved