Home » » बार्सिलोनाले नेइमार र मेस्सी गुमाउने खतरा

बार्सिलोनाले नेइमार र मेस्सी गुमाउने खतरा


मंसिर १७
बार्सिलोना – इंलिस प्रिमियर लिगले
आँखा लगाएका दुई खेलाडी लियोनल
मेस्सी र नेइमारलाई जोगाउन यतिबेला
बार्सिलोनालाई मुस्किल पर्ने
देखिएको छ । प्रिमियर लिग क्लब
म्यानचेस्टर सिटी आगामी सिजन
मेस्सीलाई भित्र्याउन चाहन्छ भने
म्यानचेस्टर युनाइटेडको नजर नेइमारमाथि
छ । बार्सिलोना आफ्नो क्लबका
सदावहार नायक मेस्सी र पछिल्लो समय
निकै लयमा देखिएका नेइमारलाई
क्लबमा राख्न चाहन्छ । तर, पछिल्ला
तीन ६ वर्षमा तीनवटा युरोपेली
च्याम्पियन्स लिग जितेको
बार्सिलोना आर्थिक समस्याका
कारण पिरोलिएको छ ।
मैदानभित्र बार्सीलोनाको प्रदर्शन
उल्लेखनिय देखिएपनि मैदानबाहिर यो
क्लबले ठूलो आर्थिक भार उठाउनुपरेको छ
। बार्सिलोनाले गत सिजनमात्रै
तीनवटा उपाधी जित्ने क्रममा ६ सय ८
मिलियन युरो खर्चियो । क्लबमा
आर्थिक सन्तुलन नमिल्दा दुई प्रमुख
खेलाडीलाई कसरी जोगाउने भन्ने
चिन्ता यतिबेला बार्सिलोनालाई छ
। बार्सिलोनाले आफ्नो आम्दानीको
७३ प्रतिशत खर्च गर्ने गरेको छ । यो
अनुपात क्लबले कम खर्च गर्नका लागि आफैँ
बनाएको आर्थिक नियमावलीको
तुलनामा धेरै बढी छ । यदी खर्चको
अनुपात घट्न सकेन भने अहिलेको
बार्सिलोनाको व्यवस्थापनले दुई
वर्षभित्र क्लब छाड्नुपर्ने हुन्छ । आगामी
सिजनका लागि अहिलेसम्म
बार्सिलोनाले कसैसँग सम्झौता गरेको
छैन् ।
बार्सिलोनाले सन् २०१३ मा कतार
एयरवेजसँग गरेको पछिल्लो सम्झौताको
करार पनि आगामी वर्ष समाप्त हुदैँछ ।
प्रत्येक सिजन सम्झौतामा ५७ मिलियन
युरो बढाउनुपर्ने बार्सिलोनाको
अडानप्रति कतार एयरवेज पनि
सकारात्मक छैन् । बार्सिलोनाले
पछिल्लो समय मैदानभित्र थुप्रै सफलता
हात पारेको छ । तर ति सबै सफलता
क्लबका लागि महंगो साबित भएको छ ।
प्रत्येकपटक च्याम्पियन्स लिग जित्दा
क्लबका प्रत्येक कर्मचारी र खेलाडीलाई
ठूलो बोनस दिनुपर्ने हुन्छ । उदाहरणका
लागि मेस्सीले बार्सीलोनामा प्रत्येक
वर्ष तलबबाट २१ मिलियन युरो कमाउँछन्

तर गत वर्ष बार्सीलोनालाई तीन
उपाधी जिताएपछि मेस्सीलाई त्यस
रकममा थप ४ मिलियन बोनस स्वरुप क्लबले
उपलब्ध गरायो । बार्सीलोनाले गत वर्ष
च्याम्पियन्स लिगको उपाधी जितेपनि
यसमा सहभागि भएर घाटा व्यहोर्यो ।
घरेलु मैदान क्याम्प नोउ रंगशालाको
मर्मतका लागि समेत बार्सीलोनाले
ठूलो रकम खर्च गर्नुपर्ने भएको छ । दुई
वर्षभित्र रंगशाला पुर्ननिमार्णको काम
सुरु हुनेछ र ७ वर्षपछि यो रंगशालाको
पुर्ननिमार्ण सम्पन्न हुनेछ । तर त्यसका
लागि बार्सिलोनाले काम सुरु गर्नुअघि
६ सय मिलियन युरो निमार्ण
कम्पनीलाई तिर्नुपर्ने हुन्छ ।
बार्सिलोनाले आफ्नो घरेलु मैदानको
दर्शक क्षमता बढाएर १ लाख ५ हजार अट्न
सक्ने बनाउन लागेको छ । त्यस्तै
टोलीको बि टिमका लागि टेनिंग
ग्राउन्डमा अर्को रंगशाला निमार्ण
हुदैँछ । पुरानो मिनि रंगशालाको
ठाँउमा बार्सिलोनाले नयाँ बास्केटबल
एरिना पनि निमार्ण गर्दैछ । यस
परियोजनाका लागि खर्च गर्न लागेको
बार्सिलोनाले टेलिभिजन
सम्झौताबाट पनि पर्याप्त कमाउन
सकेको छैन् ।
यद्यपी बार्सिलोना र रियाल
म्याडिडले प्रत्येक सिजन टेलिभिजन
सम्झौताबाट १ लाख ४० हजार युरो
पाउने बताइएको छ । तर बार्सिलोना
स्पेन बाहिर पनि सम्झौता गर्न चाहन्छ
। त्यसका लागि प्रिमियर लिग
क्लबहरुसँग बार्सिलोनाको व्यवसाहिक
सम्झौता अघि बढेको छ । तर प्रिमियर
लिगकै दुई टोली अहिले
बार्सिलोनाका दुई स्टारमाथि आँखा
लगाइरहेका छन् । मेस्सी र नेइमार दुबै
बार्सीलोना छाड्न चाहदैँनन् ।
बार्सिलोनाका अध्यक्ष जोसेप
मारिया बार्टोमेउ पनि दुबैलाई बेच्ने
पक्षमा छैनन् । तर आर्थिक समस्याका
कारण उनको अडान लचिलो बन्दै गएको
छ । नेइमार र मेस्सीका प्रतिनिधिहरुले
सम्झौतामा केही खुकुलो हुनसक्ने संकेत
भने गरेका छन् । त्यस्तै मेस्सी र नेइमारलाई
बेच्न क्लब तयार भएको अवस्थामा अन्य
क्लबमा यि खेलाडी जानसक्ने विषयमा
पनि उनीहरुका प्रतिनिधि सकारात्मक
देखिएका छन् ।
नेइमार अहिले बार्सिलोनामा आफ्नो
५ वर्ष सम्झौताको मध्यतिर पुगे । उनले सन्
२०१३ मा ५ वर्षे सम्झौता गरेका थिए ।
अहिले क्लबले उनको सम्झौता नविकरण
गर्न चाहेको छ । उनले अहिले
बार्सिलोनामा १४ मिलियन युरो तबल
लिदैँ आएका छन् । तर उनको तलब बढाएर
अब क्लबका सर्वाधिक आम्दानीकर्ता
लियोनल मेस्सीको नजिक पुर्याउनुपर्ने
अवस्था छ । प्रिमियर लिगमा सरुवा हुन
चाहेमा नेइमारका लागि निकै ठूलो तलब
खर्चन क्लबहरु तयार हुनेछन् । मेस्सीको
सम्झौता पनि सन् २०१८ मा सकिनेछ ।
क्लबले यही तीन महिनाभित्र उनीसँग
सन् २०२० सम्मको सम्झौता गर्न चाहेको
छ । उनले बार्सिलोनामा २१ मिलियन
युरो कमाउँछन् । क्लब उनको तलब बढाउन
चाहन्न तर उनको इमेज राइटस् र उनले
प्राप्त गर्ने बोनस बढ्नेछ ।
आफ्ना दुई खेलाडीलाई क्लबमा राख्न
बार्सिलोनाले अब बैँकको सहयोग लिनेछ
किनकी दुई स्टार खेलाडीलाई अन्यत्र
बेच्दा पनि क्लब व्यवस्थापनले
समर्थकहरुको ठूलो रिस खेप्नुपर्नेछ ।
बार्सिलोना आफ्ना सदस्यहरुको
स्वामित्वमा चल्ने क्लब भएका कारण
पनि यस क्लबमा विदेशी लगानी भित्र्न
सक्दैन । जबकी प्रिमियर लिग क्लब
म्यानचेस्टर सिटीले अबुदाबी र चीनको
राजधानीबाट पर्याप्त पैसा
भित्र्याउन सक्छ । बार्सिलोनाले भने
पैसा संकलनका लागि समेत नयाँ उपाय
अबलम्बन गर्नुपर्ने आवश्यकता छ ।
बार्सीलोनलो नाइकसँगको
सम्झौतालाई पुनरावलोकन गर्दै थप पैसा
माग्ने योजना राखेको छ । अहिले
बार्सिलोनाले नाइकबाट ३० देखी ३५
मिलियन युरो वार्षिक कमाउँदै आएको
छ । तर सन् २०१८ सम्म यो सम्झौता
नवीकरण गर्न नमिल्ने प्रावधान पनि छ ।
बार्सिलोनाले अहिले ल्याएको
योजना भनेको आफ्नो रंगशालाको
नाममा अन्यलाई प्रायोजन गर्न दिने
योजना हो । बार्सिलोनाको क्याम्प
नोउ रंगशालामा आफ्नो नाम झुन्ड्याउन
चाहनेले यो क्लबलाई अनुमानित १४
मिलियन पाउन्ड वार्षिक उपलब्ध
गराउनुपर्नेछ । कतार एयरवेजसँग सम्झौता
पुनरावलोकन गर्दै जर्सीको नयाँ
प्रायोजन सम्झौता गर्नुपर्ने चटारो
पनि बार्सिलोनालाई छ ।
अध्यक्ष जोसेप र मार्केटिंग उपाध्यक्ष
मानेल आरोयो गत अक्टोबरमा दोहा
गएका थिए । तर कतार एयरवेजसँगको ४२
दशलमव २ मिलियन पाउन्डको सम्झौता
संभव नहुदाँ उनीहरु खाली हात घर
फर्किए । बार्सिलोनाले तयारीका
क्रममा प्रयोग गर्ने पोशाकमा कतार
एयरवेजको नाम नराख्ने सम्झौता गर्न
लागेको थियो किनकी बार्सिलोना
अभ्यासमा प्रयोग हुने पोशाकका
लागि भिन्नै कम्पनीसँग सम्झौता गर्न
चाहन्थ्यो । तर बार्सिलोनाको यो
प्रयास सफल भएन । बार्सिलोनाका
यि सबै कठिनाईहरुका कारण क्लबलाई
खेलाडी स्थानान्तरणको बजारमा
भूमिका खेल्न दबाब हुनेछ । केही
महिनाअघि बार्सिलोनाले पेड्रोलाई
२१ दशलमव १ मिलियन पाउन्डमा
चेल्सीमा बेचेको थियो । आगामी
जनवरीमा बार्सिलोनाका प्रशिक्षक
लुईस इन्रिक्युले सेल्टा भिगोका फरवार्ड
नोलिटोलाई क्लब भित्र्याउन चाहेका
छन् । आर्सनल पनि नोलिटोको पछाडी
दौडिएको छ । यदी आर्सनल र
बार्सिलोना दुबैको प्रत्यक्ष दाबी यि
खेलाडीमा पर्यो भने बार्सिलोनालाई
पछि पार्दै आर्सनल सफल हुनेछ किनकी
सेल्टा भिगोले राखेको १२ मिलियन
पाउन्ड मूल्य चुकाउन सक्ने अवस्थामा
बार्सिलोना छैन् । बार्सिलोनाको
आँखा युभेन्टस्का स्टार पाउल
पोग्बामा पनि छ ।
तर यि प्रतिभावान् प्लेमेकरलाई
टोलीमा भित्र्याउन बार्सिलोनाले
७० दशमलव ५ मिलियन पाउन्ड युभेन्टस्लाई
तिर्नुपर्नेछ । यस्तो अवस्थामा पाउल
पोग्बा पनि बार्सिलोना जाने
संभावना छैन् । उनका लागि पनि नयाँ
गन्तव्य इंलिस प्रिमियर लिग नै हुनेछ ।
बार्सिलोनाले अहिले जोन स्टोन्सलाई
पनि आफ्नो क्लबमा भित्र्याउने योजना
बनाएको छ । तर यदी एभर्टनले स्टोन्सका
लागि गत वर्ष चेल्सीसँग मागेकै रकम
बार्सिलोनासँग माग्यो भने
बार्सिलोना उनलाई भित्र्याउन सफल
हुनेछैन् । बार्सिलोनाले जेरार्ड
डिउलोफियूलाई एभर्टनबाट फेरि आफ्नै
क्लब भित्र्याउन सक्नेछ । बार्सिलोनाकै
पूर्व खेलाडी जेरार्डलाई ६ दशलमव ३
मिलियन पाउन्डमा क्लब भित्र्याएर
फेरि अर्को क्लबमा बेच्ने काम गर्न सक्नेछ
। तर यि सबै प्रयासका बाबजुद पनि
बार्सिलोनाको कठिनाई सहजै
समाधान हुनेछैन् । दबाबका बीच
बार्सिलोना मेस्सी वा नेइमारमध्ये
एकलाई इंलिस प्रिमियर लिगमा बेच्न
बाध्य हुनसक्छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved