Home » » सोमबारबाट निजी सवारी साधनलाई इन्धन उपलब्ध गराइने

सोमबारबाट निजी सवारी साधनलाई इन्धन उपलब्ध गराइने



काठमाडौं, मंसिर १९ । लामो समयदेखि इन्धन
नपाएका निजी सवारी साधनले इन्धन पाउने
भएका छन् । नेपाल आयल निगमले आगामी
सोमबारबाट निजी सवारीसाधनलाई इन्धन
बिक्री गर्ने जनाएको छ ।
तिहारपछाडिबाट एकपटक पनि इन्धन
नपाएका निजी सवारी साधनलाई
व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको
निगमको दाबी छ ।
कालोबजारीबाट
प्राप्त भएको इन्धनका कारण राजधानीमा
सवारीको चाप बढीरहेका बेला त्यसलाई
नियन्त्रण गर्न पनि निजी सवारीलाई इन्धन
दिन लागिएको हो ।
तराई मधेसको आन्दोलनका कारण सहजरुपमा
इन्धन आयात नभए पनि चोरबाट
कालोबजारीबाट भित्रिएको इन्धन चर्को
मूल्यमा बिक्री वितरण हुँदै आएको छ ।
स्थानीय प्रशासनले कालोबजारी
नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि
सार्थक हुन सकेको छैन ।
निगमका थानकोट डिपो प्रमुख रविन शर्माले
आगामी सोमबारबाट मोटरसाइकल, जिप,
कारलाई दिन नै तोकेर इन्धन बिक्री गर्न
लागिएको जानकारी दिए ।
उनका अनुसार सोमबारदेखि पहिलो चार
दिन राजधानीका विभिन्न पेट्रोल पम्पबाट
मोटरसाइकललाई इन्धन बिक्री गरिनेछ भने
त्यसपछिको अर्को चार दिन कार, जिपलाई
दिइनेछ । त्यसपछि तालिका बनाएर
आलोपालो प्रणालीका आधारमा निरन्तर
निजी सवारी साधनलाई इन्धन बिक्री
गरिनेछ ।
अत्यावश्यकीय सेवाअन्तर्गतका सवारी
साधनलाई भने निगमले पेट्रोल पम्प नै तोकेर
समानुपातिक तबरले इन्धन वितरण गर्दै आएको छ
। विद्यालय, अत्यावश्यकीय ट्रक तथा
ट्याङ्कर, खानेपानी, दूध, कृषिउपज आयात गर्ने
सवारी साधन, कूटनीतिक नियोग र
राष्ट्रिय गौरवका आयोजनालाई पनि इन्धन
उपलब्ध गराइरहेको छ ।
भारतबाट भित्रिएका इन्धनलाई
समानुपातिक तवरले वितरण गर्ने
योजनाअनुसार नै अगाडि बढाइएको
निगमको दाबी छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved