Home » » पशुपतिमा वाग्मती सफाइ, १२ मेट्रिक टन फोहोर व्यवस्थापन

पशुपतिमा वाग्मती सफाइ, १२ मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौँ, ११ पुस । वाग्मती सफाइ
महाअभियानको १३७औँ हप्तामा आज पशुपति
क्षेत्रको आर्यघाटस्थित राममन्दिर परिसरमा
सरसफाइ गरी १२ मेट्रिक टन फोहोर व्यवस्थापन
गरिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा
जति सफाइ गरे पनि न्यूनतम् मापदण्डमा स्थापित
गर्न नसकिएकाले फेरि सफाइमा फर्कनुपरेको सफाइ
अभियन्ता एलपी भानु शर्माले जानकारी
दिनुभयो ।
विश्वका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र
पशुपतिलाई धार्मिक पर्यटकीयस्थलका रुपमा
विकास गर्नका लागि पशुपति क्षेत्र विकास कोष
र सरकारका सरोकारवाला निकायका
अधिकारी पनि आजको सफाइमा उपस्थित
हुनुभएको थियो ।
सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्व
मुख्यसचिव लीलामणि पौडेल, संस्कृति पर्यटन तथा
नागरिक उड्डयन सचिव दिनेश थपलिया, कोषका
सदस्य–सचिव डा गोविन्द टन्डन र नेपाल पर्यटन
बोर्डका कार्यकारी अधिकृत दीपकराज
जोशीलगायतका सरोकारवाला अधिकारीहरुले
नियमित सफाइ गरी स्वच्छ पर्यटकीयस्थल बनाउन
आवश्यक कदम चालिने बताउनुभएकोे थियो ।
सफाइसँगै कोषका सदस्य–सचिव डा टन्डन र
कार्यकारी अधिकृत रमेश उप्रेतीले पशुपति
क्षेत्रलाई दिनदिनै सफाइ गर्ने कार्ययोजना पेस
गर्नुभएको थियो । कार्ययोजनामा एक
महिनामा पशुपतिलाई सफा स्थलका रुपमा
विकास गर्ने प्रतिबद्धता जनाइएको छ ।
तिलगङ्गा–गुह्येश्वरी नयाँ खोलिएको सडकलाई
अघोषित डम्पिङ साइट बनाइएकाले त्यो हटाउन
कोषले पहल गर्ने र त्यसको अनुगमन सफाइ
महाअभियानले गर्ने निर्णय गरिएको
अभियानकर्ता डा राजु अधिकारीले जानकारी
दिनुभयो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved