Home » » मधेस आन्दोलनको समर्थनमा विहारमा प्रदर्शन !

मधेस आन्दोलनको समर्थनमा विहारमा प्रदर्शन !


विराटनगर । नेपालको तराई–मधेसकामा जारी आन्दोलनको समर्थनमा भारतका विभिन्न राजनीतिक दलहरुले
विहारमा प्रदर्शन गरेका छन् ।
नेपालको आन्दोलन प्रभावकारी बनाउन भारतको उतराखण्डदेखि पश्चिम बंगालसम्म १८ सय किलोमिटरको लामो
यात्रामा जनजागरण अभियान शुरु गरेको राष्ट्रिय जनता दलले जनाएको छ ।
मधेशमा जारी आन्दोलनको समर्थनमा विहारको सबभन्दा ठूलो दल राष्ट्रिय जनता दलका केन्द्रीय उपाध्यक्ष एवं
पूर्वकेन्द्रीय मन्त्री डा.रघुवंश प्रसाद सिंहले सीमा क्षेत्रमा मानव साङलो बनाउन लागिएको पनि जानकारी दिए ।
भारतको बैरगनियामा भारत–नेपाल मैत्री संघद्वारा आयोजित मधेश आन्दोलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया
कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले पमधेशमा लामो समयदेखि जारीरहेको आन्दोलनको समर्थनमा भारतको सीमा
क्षेत्रमा विशाल मानव साङलो निर्माण गरी प्रदर्शन गर्ने जानकारी दिएका हुन् ।
मधेश भारतको सम्वन्ध रोटीबेटीको रहेकोले मधेशीको माग पुरा नभएसम्म पूर्णरुपमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
मधेस आन्दोलन प्रभावकारी बनाउन पाँच वटै राज्यका मुख्य मन्त्रीहरुलाई आन्दोलनको सहयोग गर्नका लागि आग्रह
गरिएको पनि सिंहले बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved