Home » » दिल्लीमा मधेसी मोर्चाका नेता र बाबुरामले भारतीय प्रधानमन्त्री मोदीलाई ‘विफ्रिङ’ गर्ने, मोदीले दिल्ली बोलाए मधेसी मोर्चा चारै नेतालाई

दिल्लीमा मधेसी मोर्चाका नेता र बाबुरामले भारतीय प्रधानमन्त्री मोदीलाई ‘विफ्रिङ’ गर्ने, मोदीले दिल्ली बोलाए मधेसी मोर्चा चारै नेतालाई


काठमाडौं, १८ मंसिर । आजको त्रिपक्षीय वार्ता
स्थगित गराएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक
मधेसी मोर्चाका चार शीर्ष नेताहरु दिल्ली जाने
भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
निमन्त्रणामा मोर्चाका नेताहरु क्रमशः उपेन्द्र
यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय
यादव आइतबार दिल्ली जाने कार्यक्रम तय भएको
हो ।
मोर्चाका नेताहरुले दिल्लीमा भारतीय
प्रधानमन्त्री मोदी, भारतीय विदेशमन्त्री सुष्मा
स्वराज, सुरक्षा सल्लाहकार अजित डोभलसँग
भेटवार्ता गरी मधेस आन्दोलनबारे ‘विफ्रिङ’
गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
यसैबीच शुक्रबार भारतको मुम्बई गएका
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक
सम्मेलनमा सहभागी भएर आइतबार दिल्ली आउने
कार्यक्रम तय भएको छ । मधेसी मोर्चा निकट
स्रोतका अनुसार मोर्चा नेता र बाबुरामले संयुक्त
रुपमा मोदीलाई भेटेर मधेस आन्दोलन र सत्तापक्षले
गरिरहेको गृहकार्यबारे ‘विफ्रिङ’ गर्नेछन् ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved