Home » » चीनसँग विद्युत ब्यापार सम्झौता गर्न उर्जा उत्पादकको माग

चीनसँग विद्युत ब्यापार सम्झौता गर्न उर्जा उत्पादकको माग


१५ मंसिर, काठमाडौ । स्वतन्त्र उर्जा उत्पादक संघ
(इपान)ले चीनसँग विद्युत ब्यापारको सम्झौता
(पीटीए) गर्न सरकारलाई सुझाव दिएको छ ।
नबनियुक्त उर्जा सचिव सुमनप्रसाद शार्मालाई संघले
अहिलेको विद्युत संकट पार लगाउन १४ बुँदे
ध्यानाकर्षणपत्र बुझाउँदै यस्तो सुझाव दिएको हो ।
इपानले चीनको तिब्बतबाट विद्युत आयात गर्न सकिने
भएकाले २०७२ साल भित्रै चीनसँग पीटीए गर्न सुझाव
दिएको हो ।
उसले तत्काललाई प्रसारणलाइन निर्माण गरेर विद्युत
ल्याउन र भविष्यमा नेपालबाट चीनमा विद्युत बेच्न पनि
सम्झौता आवश्यक रहेको ठहर्याएको छ ।
यसैगरी संघले नेपालमा कम्तिमा १० हजार मेगावाट
बिजुली उत्पादन नभएसम्मका लागि उर्जा संकटकाल
घोषणा गर्न पनि उर्जा मन्त्रालयसँग माग गरिएको छ ।
यसैगरी विगतका सरकारले गठन गरेका कार्ययोजना अनुरुप
१० हजार मेगावाट बिुजुली उत्पादनको कार्ययोजना
तत्काल मन्त्रिपरिषद्बाट पास गर्न, विद्युत आयोजनासँग
सम्बन्धित मन्त्रालयको एकीकृत अधिकार प्राप्त डेक्स
स्थापना गर्न र वातावरणीय स्वीकृति, जग्गा अधिग्रहण
र रुख कटान लगायतका अधिकार त्यसैलाई दिन पनि
इपानले सरकारलाई सुझाव दिएको छ ।
भूकम्पबाट क्षति भएका आयोजनालाई न्युन ब्याजदरमा
ऋण दिन पनि संघले माग गरेको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved