काठमाडौं, १४ मंसिर । वैशाख १२ को भूकम्पपछि
सरकारले पीडितहरूको राहत र उद्धारमा केन्द्रीय
दैवीप्रकोप उद्धार समितिबाट १४ अर्ब रुपैयाँ खर्च
गरेको छ ।
तर, खर्च अपारदर्शी रहेको अख्तियार दुरुपयोग
अनुसन्धान आयोगको अध्ययनले देखाएको नयाँ
पत्रिका दैनिकले समाचार छापेको छ ।
आयोगले भूकम्पबाट अति प्रभावित जिल्ला
मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुली, धादिङ,
नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,
दोलखा, भक्तपुर, काठमाडौ, ललितपुर र
गोरखामा खर्च रकमको अध्ययन गरेको थियो ।
अध्ययनमा केन्द्रीयस्तरमा रकम विनियोजन गर्दा
स्थानीयस्तरको पहिचान गर्ने, पीडितको
पहिचान गर्ने, आयोजनामा पुगेको क्षतिको
पहिचान नगरेको उल्लेख छ ।
भूकम्पबाट भएको क्षति न्यूनीकरण गर्न सरकारले
राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न
अपिल गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार
कोषमा रकम संकलन गरेको थियो ।
कोषमा विभिन्न संघ–संस्थाले ६ अर्ब ७४ करोड ९१
लाख ६१ हजार ३ सय ३३ रुपैयाँ ५१ पैसा जम्मा
गरेका छन् ।
अर्थ मन्त्रालयबाट ९ अर्ब ५० करोड रुपैयाँ
निकासा भई कोषमा कुल १६ अर्ब २४ करोड ९१
लाख ६१ हजार ३ सय ३३ रुपैयाँ ५१ पैसा जम्मा
भएको थियो ।
त्यसमध्ये केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई
१५ अर्ब रुपैयाँ निकासा भएकोमा १४ अर्ब रुपैयाँ
खर्च भएको छ ।
कोषमा अहिले १ अर्ब २४ करोड ९१ लाख ६१ हजार
३ सय ३३ रुपैयाँ ५१ पैसा सञ्चित छ ।
Home »
Nepali News
» भूकम्पका नाममा १४ अर्ब
रुपियाँ भ्रष्टाचार
भूकम्पका नाममा १४ अर्ब रुपियाँ भ्रष्टाचार
Posted by Unknown
Posted on 5:10 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment